Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज फगुन ११ गतेको राशिफल ।

आज फगुन ११ गतेको राशिफल ।

  •   ४ वर्ष अघि | ११ फाल्गुन २०७९, बिहिबार

शुभ बिहानी आज फागुन ११ गते विहिबार तद् अनुसार फागुन सुल्क चतुर्थी । ताईहरुको आज कास्तो हुनेछ भन्ने जिज्ञासा मेटाउन हामिले ज्यो. प. नारायण प्रसाद दुलालको राशिफल लिएर आएका छौं हेरम आजको राशिफल कस्तो होला

मेष – आज सौन्दर्यतामा धन खर्च हुनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । तर हरियो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

वृष –  आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ कार्यको प्रारम्भ हुने र पुनर्मिलनको योग पनि रहेको छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।

मिथुन – शुभकार्यको चर्चा चल्नेछ । आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ

कर्कट – आज कला र गलाको प्रभाव बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जन पनि होला । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ ।

सिंह - आज कतैकतै झैझमेलाको अवस्था आउला । गरेको कार्यमा अवरोध आउला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

कन्या –  महिला वर्गबाट सहयोग मिल्नेछ । आज आकस्मिक धनलाभ हुनेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

तुला –  धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँबाट धन हात पर्नसक्छ । शुभकार्यको चर्चा पनि चल्नेछ, तर मालसामान हराउन सक्छ ।

वृश्चिक –  आँटेको र ताकेको कार्य पुरा होला । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

धनु – स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढ्नसक्छ,। आफन्त तथा अग्रजहरू सँग विवाद बढ्नसक्छ । तर प्रेमीको साथ पाइनेछ ।

मकर – सवारी साधनको खरिद बिक्री हुने योग छ । आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

कुम्भ – बोलीको भरमा कार्य सम्पादन हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

मिन – मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आज शुभ समाचार सुन्न पाइएला । वैदेशिक कार्य पनि अघि बढ्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन ।

 

थप