Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज वसन्त पञ्चमी अर्थात सरस्वती पूजा

  •   २ वर्ष अघि | २ फाल्गुन २०८०, बुधबार

फागुन २, काठमाडौँ । आज फागुन २ गते माघ शुक्ल पञ्चमी तिथी अर्थात आज वसन्त पञ्चमी । आज सरस्वती पूजाका दिन देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । 

सरस्वतीलाई विद्याकी देवी मानिने भएकाले विशेष गरी आज कलाकार, साहित्यकार, पत्रकार, शिक्षक र विद्यार्थीले आआफ्ना कलासाधनाका वस्तु कापी, कलम, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजाआराधना गर्ने गर्दछन । तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि सरस्वतीलाई तारादेवीका रूपमा पनि मान्ने गर्दछन ।

जनविश्वास अनुसार आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ विश्वास रहेको छ । अर्को तर्फ आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता रहेको छ । आजको दिनदेखि बालबालिकालाई शिक्षारम्भ गराउने र नाककान छेड्न पनि शुभ मानिन्छ ।

  • न्युज बहार संवाददाता

थप