Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज जेठ २८ गते आइतबारको राशीफल।

  •   ३ वर्ष अघि | २८ जेष्ठ २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल जेठ २८  गते, असार कृष्ण अष्टमी तिथी आइतबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहन लाभ मिल्ने, घरमा अतिथिको आगमन हुने र धर्मकर्म तथा समाजसेवामा मन जाने समय छ।

वृष - तपाईको आज ताकेका काममा बाधा आउला। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक नहुनसक्छ। सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नुपर्ने होला।

मिथुन - तपाईको आज स्वादिष्ट भोजन पाइने बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने र वित्तिय संस्थाबाट सहयोग मिल्ने समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आज रमणीय र सुखद् यात्राको, नयाँ कामको थालनी , मनोरञ्जनमा सहभागी भइने तथा प्राविधिक कार्यमा मन पनि जाने योग रेको छ।

सिंह – तपाईको आज शुभकार्यको चर्चा होला, टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुने र दैनिक कार्यमा प्रगति होला, शेयर बजारमा विशेष लाभ मिल्न सक्छ।

कन्या - कन्या राशीका तपाइँको आज अनावश्यक यात्रा र वैदेशिक क्षेत्र कमजोर रहला, कार्य सम्पादनमा समस्या आउने र आत्मबल बढाएर काम गरेमा सफल भइँनेछ।

तुला - आज तपाइको नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै वैदेशिक कार्य तथा काम गर्ने जोशजाँगर र उमंग बढेर जाला, चिताएको कामले तीव्रता लिन सक्छ।

वृश्चिक – तपाईको आज पुरानो समस्या सुल्झाउन सकिएला। शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्लान। मनमा उत्साहका साथै बोली बिक्ने समय रहेको छ।

धनु – तपाइको आज आज नयाँ कार्यको योजना बन्न सक्छ। नजिकको व्यक्तिबाट आँटेको काम सफल होला। प्रेममा मधुरता छाउला। आत्मबल बढ्ने छ।

मकर - मकर राशीका आज कीर्तिमानी काम गर्ने समय रहेको छ। चलाखी पूर्ण बोलीले कार्य सिद्ध होला। राजनैतिक कार्यमा सफलता मिल्न र बन्धु बान्धवबाट सहयोग मिल्ने समय छ।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज कार्यमा बाधा आउन सक्छ। सरकारी निकायको भय होला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने र यात्रामा मालसामान हराउन सक्ने सम्भावना छ।

मिन – आज प्रेममा सफलता पाइएला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सक्नुहोला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र दिनको उत्तरार्धमा धन खर्च हुने योग छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप