Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज जेठ १० गते बुधबारको राशीफल।

  •   ३ वर्ष अघि | १० जेष्ठ २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल जेठ १०  गते, जेठ शुक्ल पञ्चमी तिथी बुधबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहेको छ। धार्मिक कार्यमा रुचि बढनुको साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने योग छ।

वृष - तपाईको आज पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनसक्छ। विपरित वर्गबाट विशेष सहयोग मिल्ने र जोशजाँगर, हिम्मत बढ्ने समय छ।

मिथुन - तपाईको आज शुभकार्यको चर्चा चल्नेछ र सफल यात्रा हुनु का साथै आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने तथा घर जग्गाको कारोबारले लाभ दिनेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी  आज शुभकार्यको चर्चा हुनेछ। प्रेम जीवन सुखद् रहने र व्यापार व्यवसायमा सफलता पाइने तथा  महिला वर्गबाट विषेश सहयोग मिल्ने योग छ।

सिंह – तपाईले आज मन भावुक र उत्ताउलो बन्ला। अनावश्यक ठाउँमा धन खर्च हुनुका साथै जिद्दीपनाले गर्दा काम बिग्रने डर रहेको छ। सरकारी निकायको भय पनि हुनेछ।

कन्या - कन्या राशीका तपाइँको आज रोकिएका काम पुनः सुरु होला। जोशजाँगर, उमङ्ग बढ्ने र वैदेशिक कार्य अघि बढ्नु का साथै साहित्यिक क्षेत्रमा रुचि बढ्ने योग छ।

तुला - आज तपाइलाई नयाँ ज्ञान सिक्ने मौका मिल्नुका सथै धार्मिक कृत्यमा सहभागी बन्नु पर्ला, आफन्तको प्रगतिमा मन रमाउनुका सथै नयाँ कार्यको अवसर पनि मिल्ने समय छ।

वृश्चिक – तपाईको आज नयाँ कार्यको योजना बन्ने, नजिकको मित्रसँग भेटघाट हुने, परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग रहेको छ।

धनु – तपाइको आज आत्मबलमा कमी आउनाले मनमा चिन्ता र दुबिधा उत्पन्न होला। प्रेमीको सहयोग पाइएला, तर स्वास्थ्य प्रति सचेत रहनु गरुरी हुनेछ।

मकर - मकर राशीका तपाईको आज कुनै कुराले मनमा शान्ति छाउनेछ । धर्मकर्ममा मन जानेछ भने गरेका कामबाट राम्रै लाभ हुने र दैनिक कार्यमा प्रगति हुँदै जाने योग छ।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज एउटै कामबाट दोहोरो लाभ होला। राजनैतिक र कूटनैतिक कार्यमा सफलता मिल्नु का साथै निर्णय कार्यान्वयन हुन संघर्ष गर्नु पर्नेछ।

मिन - तपाईको आजको दिन मिष्ठान्न भोजनको अवसर मिल्नुका साथै सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने र प्राविधिक क्षेत्रमा गरेको लगानी फस्टाउने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप