Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन ३२ गते बिहिबारको राशीफल।

  •   ३ वर्ष अघि | ३२ साउन २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल साउन ३२ गते, साउन शुक्ल प्रतिपदा तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज आफन्तको प्रगतिमा मन रमाउला। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त होला। आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिनेछ।

वृष – तपाइको आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ने देखिन्छ। घरायसी व्यवहारबाट टाढै बस्नु होला। सवारी चलाउँदा विपत्ति आइलाग्न सक्ने हुनाले सचेत रहन अनुरोध छ।

मिथुन - तपाईको आज काममा सफलता मिल्ने तथा मनमा भएको बोझ हटेर जानेछ। अरूले सापटी लगेको रकम फिर्ता पाइएला। मानसम्मानसमेत प्राप्त होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुने तथा व्यापार व्यवसायमा प्रगति हुनेछ।

सिंह – तपाईको आज श्रमको उचित मूल्याङ्कन होला। व्यापार व्यवसायमा सफलता पाइएला। धर्म तथा समाजसेवामा मन जानेछ। नयाँ कामको थालनी पनि होला।

कन्या - कन्या राशीका तपाईको आज लाभदायक यात्रा होला। आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय रहेको छ । मेहनतीहरूका लागि दिन फलदायी नै होला।

तुला - तपाइको आज चलाखीपूर्ण बलिको प्रभावले आँटेको काम पुरा होला। जोशजाँगर र हिम्मत बढ्ने तथा। कला र गलाको प्रभाव बढेर जानेछ। वाहन लाभ पनि मिल्न सक्छ।

वृश्चिक – तपाईको आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान। आत्मिक सन्तुष्टि पाइएला। दानपुण्यका कार्यमा सहभागी भइने तथा शुभकार्यको चर्चा पनि हुने समय छ।

धनु – तपाइको आजको दिन आज बन्धु बान्धवबाट सहयोग पाइएला। राजनीतिक कार्यमा सफलता मिल्ला। वैदेशिक कार्य अघि बढ्ने तथा स्वास्थ्यमा सुधार पनि आउला।

मकर - मकर राशीका तपाइको आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ला। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ने छ तर साँझमा सहयोग मिल्ने र मन प्रसन्न रहनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज आफन्तसँग रमाइलो भेटघाट होला। कुनै कुराले मनमा शान्ति छाउने तथा मनोरञ्जनमा सहभागिता भइने र प्रेम सम्बन्धमा मधुरता छाउने योग छ।

मिन – तपाइको आज नयाँ कार्य वा रोजगारको अवसर पाइएला। धार्मिक कार्यमा रुचि बढ्ने तथा रचनात्मक कार्यबाट अरूको मन जित्न सकिने र प्रेममा पनि सफलता पाइने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप