Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउने संक्रान्ति, लुतो फाल्ने दिन।

  •   ३ वर्ष अघि | १ साउन २०८०, सोमवार

साउन १, काठमाडौँ । आज साउन १ गते साउने संक्रान्ति पर्व मनाईदैछ आजका दिन परम्परादेखीनै स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँने प्रचलन छ ।

आज नेपालीहरुको अर्को परम्परा पर्व पनि हो। आज लुतो फाल्ने दिन । अधिकांश नेपालीहरु असार महिनाभर रोपाइँमा व्यस्त हुने भएकाले हिलो मैलोबाट लाग्ने छालासम्बन्धी रोग ठीक पार्न भन्दै साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलन पनि पहिले देखीनै चलि आएको छ ।

परम्पराअनुसार आजको दिन बन जङ्गलमा गई कुकरडाइनो, कागभलायो, पानीअमला, लुतेझार, नासपाती, कागती, अम्बा, मकैको बोट आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति जम्मा गरी घरघरमा साँझको समय बनाएर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने गरिन्छ ।

लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार शंख फुक्ने, नाङ्लो ठटाउने, घण्ट बजाउने र ढोका बन्द गर्ने चलन पनि नेपाली समाजमा रहेको छ ।

अर्को तर्फ साउन महिनालाई विशेष रुपमा भगवान् शिवको महिना अर्थात शिवको पुजा आरधना गरेर मनाइने गरिन्छ। महिलाले शिव भगवानलाई खुशी पार्न भन्दै पहेँलो हरियो चुरा, कपडा लगाएर शिवको पुजा गर्ने प्रचलन रहेको छ। 

  • न्युज बहार संवाददाता

थप