Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज हरितालिका तीज पर्व, पशुपति लगायत देशका शिवालयमा व्रतालु महिलाहरुको भिड

  •   ३ वर्ष अघि | १ असोज २०८०, सोमवार

असोज १, काठमडौँ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने महिलाहरुको महान चाड नेपाल लगायत नेपाली रहेको सम्पुर्ण स्थानमा हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ ।धार्मिक विश्वास अनुसार भाद्र शुक्ल तृतीयामा निराहार व्रत बसी शिव पार्वतीको पूजा, आरधना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुन्छ ।

महिला, पुरुष दुवैले धर्मशास्त्रीय रुपमा हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ रहँदै आएको छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य अध्यक्ष प्रा डा देवमणि भट्टराईका अनुसार हरितालिका तिजको व्रत सक्नेले निराहार बस्ने भएकाले आइतबार राती मीठा मीठा परिकार दरका रुपमा खाई व्रतालुहरुले आजको व्रतका लागि पूर्व तयारी गर्ने गर्दछन ।

विशेषगरी माइती एवं दाजुभाईले दिदीबहिनी, छोरीचेलीलाई बोलाई दर खुवाउने प्रचलन रहेको छ । शास्त्रीय विधानले दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने भनेको छ । आज काठमाडौँको पशुपति लगायत अन्य शिवालयमा महिलाहरुको भिड लाग्ने गर्दछ । पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको जनाएको छ ।

यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि चार स्थानबाट सहज बनाउन लामको व्यवस्था गरिएको छ । सोमबार बिहान ६ बजेपछि कोषले पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ ।

  • न्युज बहार संवाददाता

थप