Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज श्रीकृष्णजन्माष्टमी पर्व, देशभर सार्वजनिक विदा

  •   ३ वर्ष अघि | २० भदौ २०८०, बुधबार

भदौ २०, काठमाडौँ । आज देशभर वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्णजन्माष्टमीपर्व भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाउँदैछन् ।

कर्मयोग, ज्ञानयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमीर रातलाई मोहरात्रिभन्ने प्रचलन रहेको छ

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको प्रवचन, पूजाआराधना, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रतबसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा यस अवसरमा आज ठूलो मेला लाग्दछ ।  यसैगरी आज राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्ने गर्दछ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । त्यस्तै राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेको छ ।

सरकारले श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ

  • न्युज बहार संवाददाता

थप