फगुन ९, काठमाडौँ । प्रत्येक वर्ष
फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो
ल्होसार आज हो । यो दिन विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ
।
शेर्पा समुदायले नयाँ वर्षका रुपमा २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । खरायो, मुसा, घोडा, गाई, बाघ, बाँदर, ड्रागन (मेघ), सर्प, बराह, भेडा, चरा, कुकुर र गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । अनुसन्धाता टीका शेर्पाले ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको विश्वास गरिएको छ । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको सुनाए । यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको जानकारी पनि उनले दिए ।
विगतमा
हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ ।
शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ
समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका
नाममा यो पर्व मनाइसकेका छन् ।
आज ग्याल्पो
ल्होसारको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिएको छ ।