शुभ बिहानी, चैत्र २३ गते चैत शुक्ल पुर्णिमा तिथी विहिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष- मेष राशि
हुनेहरुको आज सामाजिक तथा
धार्मिक कार्यमा रुचि बढ्ने र अरुलाई प्रभावित पारेर काम बन्ने समय छ। कार्य क्षेत्रबाट
विशेष सफलता हात लाग्न सक्छ
वृष– तपाईको आज धार्मिक
कृत्यमा सहभागी बन्नुहुनेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको देखिन्छ। श्रमको
उचित मूल्याङ्कन पनि हुने योग छ।
मिथुन – तपाईको आज निर्णय कार्यान्वयन हुदैन। आत्मबलमा कमी
आउने र मनमा दुबिधा उत्पन्न हुने समय छ। मतिभ्रष्ट हुने समय छ, सचेत रहनु आवश्य देखिन्छ।
कर्कट - कर्कट राशी हुनेहरुको आज एउटै
कामबाट दोहोरो लाभ मिल्नेछ भने बन्धु बान्धवबाट सहयोग पनि मिल्ने योग छ। जोशजाँगर
र हिम्मत बढ्ला र प्रेम जीवन सुखद् होला।
सिंह –तपाईको आजको दिन लाभहानी, आयव्यय, सुखदुःख
बराबरी खालको रहेको छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने समय
छ।
कन्या – आज कन्या राशीका तपाईको रोकिएका कामहरू पुनः सुरु हुने समय छ।
साहित्यिक क्षेत्रमा रुचि र जोशजाँगर, उमङ्ग बढ्ला। नयाँ काममा हात हाल्ने समय रहेको
छ।
तुला – आज तपाइको उच्च महत्वकाङ्क्षा का साथै विगतका गलत निर्णयले पनि
काममा चुनौती र झमेला आउन सक्छ। आफन्त बाट साथ र सहयोग मिलिरहने छ।
वृश्चिक – तपाईको आज
कार्य सिद्धिको योग रहेको छ। विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ भने जोशजाँगर र
हिम्मत बढेर जाला, बिनाप्रतिस्पर्धा फाइदा हुनसक्ने समय छ।
धनु – आज तपाइको कुनै
कुराले मनमा शान्ति छाउने र गरेका कामबाट राम्रै लाभ मिल्नेछ। दैनिक कार्यमा
प्रगति हुनेछ भने धर्मकर्ममा मन जानेछ।
मकर - मकर राशीका तपाईको आज शुभकार्य तथा
सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ। आँटेको र ताकेको कार्य पुरा हुने र आदर्श
ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने देखिन्छ।
कुम्भ- कुम्भ
राशी हुनेहरुका लागी आज जिद्दीपनाले
गर्दा काम बिग्रने डर रहला। सौन्दर्यतामा धन खर्च हुनेछ भने सरकारी निकायको भय पनि
रहला। शेयर बजारले पनि साथ नदिन सक्छ।
मिन – तपाईले आज सजिलै अरूको मन जित्न सक्नुहोला।
आफन्तको प्रगतिमा मन रमाउने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ र रोजगारको अवसर पनि
प्राप्त होला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता