Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज चैत्र २२ गते बुधबारको राशीफल।

  •   ४ वर्ष अघि | २२ चैत्र २०७९, बुधबार

शुभ बिहानी, चैत्र २२ गते चैत शुक्ल चतुर्दशी तिथी बुधबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको आज अचल सम्पत्ति हात पर्ने योग रहेकोछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुने र शेयर बजारमा फाइदा हुने देखिन्छ। आँटेको र ताकेको कार्य पुरा हुनसक्छ।

वृष –तपाईको आज आफन्त सँग भेट घाट होला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने र स्वादिष्ट भोजन पाइनेछ भने एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ।

मिथुन – तपाईको आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन रहेनेछ। ठुलो कारोबारमा लगानी नगर्दा राम्रो होला। सामान हराउने वा चोरी हुने भय पनि रहेकोछ।

कर्कट - कर्कट राशी हुनेहरुको आज आज शुभ समाचार सुन्न पाइनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्ने र राज्यबाट मान सम्मान पाइने समय छ। सामाजिक क्षेत्रमा सफलता होला।

सिंह –तपाईको आज रोकिएको धन हात पर्ने छ। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लागेर जानेछ। अतिथिको रूपमा सत्कार पनि पाइने समय छ।

कन्या –   आज कन्या राशीका तपाईको सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउला। आकस्मिक धन लाभ हुने देखन्छ। जोशजाँगर र हिम्मत बढ्ने र दाम्पत्य जीवन सुखमय हुनेछ।

तुला – आज तपाइको बन्न लागेको काम बिग्रनसक्नेछ। प्रेममा बाधाका साथै मन कमजोर हुनेछ। दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु जरुरी छ।

वृश्चिक – तपाईको आज नयाँ कार्यको थालनी हुने र लगनशीलताले कामहरू अगाडि बढ्ने समय छ। वित्तिय संस्थाबाट सहयोग मिल्नेछ। पदोन्नतिको सम्भावना प्रबल रहेकोछ।

धनु – आज तपाइको अरुलाई प्रभावित पारेर काम बन्ने योग छ। मनोरञ्जनमा सहभागी भइएला भने पारिवारिक सद्भाव बढेर जाला। व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्ने समय छ।

मकर - मकर राशीका तपाईको आज प्रेमीको सहयोग प्राप्त हुनेछ भने दाम, इनाम र प्रतिष्ठा कमाउने वेला रहेकोछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा पनि चल्ने योग छ।

कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज सरकारी निकायको भय रहनेछ। अविश्वास उत्पन्न हुने र परिवारमा झैझमेलाको अवस्था आउने देखन्छ। पुँजी बजारले भने साथ दिने समय छ।

मिन – तपाईको आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला रहेकोछ। शुभकार्यको चर्चा चल्ने र परिवारमा सुख सन्तोष छाउला। कला र गलाको प्रभाव बढ्ने देखिन्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप