शुभ बिहानी, चैत्र १० गते चैत शुक्ल तृतिया तिथी शुक्रवार। आज विश्व क्षयरोग दिवस। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष- मेष राशि
हुनेहरुको आज परीक्षा आदि
प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिने योग छ। घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ भने
रमणीय र सुखद् यात्राको पनि योग रहेको छ।
वृष – आज तपाईको महत्त्वपूर्ण
कार्यमा व्यवधान आइपर्न सक्नेछ। माया प्रेममा धोका हुन सक्ने र एकोहोरो मायाले
सताउने छ,
तर शेयर बजारको कारोबारमा लाभ मिल्ने योग
रहेको छ।
मिथुन – आज तपाईलाई सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा
बढाउने समय रहेको छ। कार्य सम्पादनमा सहजता मिल्नुका साथै व्यापार व्यवसायमा सफलता
पाइएला।
कर्कट - कर्कट राशी हुनेहरुलाई आज मनमा हर्ष,
उमङ्ग र उत्साह छाउला। आदर्श व्यक्तित्व सँगको
सहकार्यले नयाँ अनुभव मिल्ने समय रहेको छ। रमणीय, सुखद् र धार्मिक यात्राको समय छ।
सिंह –तपाईले आज अधुरा र
रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको
कार्यबाट अधिक सफलता मिल्ने देखिन्छ।
कन्या – आज कन्या राशीका तपइहरुको मनमा शंका तथा डरका कारण बनिसकेको
काममा दुबिधा उत्पन्न हुनेछ। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नु गरुरी
होला।
तुला –
आज तपाइको विद्या र बुद्धिको
विकास हुने र पारिवारिक भेटघाटमा मन रमाउने छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता
लाग्नेछन्। प्रेममा आत्मियताको बढोत्तरी होला।
वृश्चिक - आज
तपाईको अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर पाइएला। मित्रहरुबाट विशेष सहयोग
मिल्नेछ। परिवारका सदस्यहरूसँग भेटघाट पनि होला।
धनु – तपाइको आज सन्तान तथा परिवारमा मेलमिलाप होला। आर्थिक
कारोबारमा मन्दी आउला र मनमा दुबिधा उत्पन्न हुनसक्ला। सौन्दर्यतामा धन खर्च हुने
समय छ।
मकर - मकर राशीका तपाईको आज घर व्यवहारमा
झमेला आउने र मनमा दुबिधा उत्पन्न हुनेछ। पारिवारिक समस्या आउन सक्छ। विचार गरेर
निर्णय लिनु उचित रहला।
कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित हुनेछ। पेसा र व्यवसायबाट लाभ मिल्नेछ।
कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता पनि मिल्नेछ।
मिन – तपाईको आज सफल यात्रा गर्ने योग छ।
कार्य सम्पादनमा सहजता र लाभ पनि हुनेछ, तर साँझमा पैसा खर्च हुने र चोटपटकको
पनि भय छ सचेत रहनुहोला
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता