शुभ बिहानी, आज २०८० साल बैशाख ७ गते बैशाख कृष्ण औँसी तिथी बिहिबार। आज मातातिर्थ औँसी । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष - मेष राशि हुनेहरुको लागी आज सभा समारोहमा सरिक भइने समय छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। अचल सम्पत्ति हात पर्ने र शुभ समाचार सुन्न उने योग रहेको छ।
वृष - तपाईको आज कष्टकर यात्रा गर्नुपर्ने हुनसक्छ। आफूलाई कमजोर भएको अनुभूति होला र महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। मुद्दा मामिला आइलाग्ने देखिन्छ।
मिथुन - तपाईको आज यात्राको योजना बन्ने र दाम, इनाम तथा प्रतिष्ठा कमाउने समय छ। परिवारमा सुख सन्तोष छाउला, स्वादिष्ट भोजन पनि मिल्नेछ।
कर्कट - कर्कट राशी हुनेहरुको लागी आज प्रेमीको सहयोग प्राप्त होला। अतिथिको रूपमा सत्कार मिल्नसक्छ। वैदेशिक क्षेत्रबाट सफलता हुनेछ भने दैनिक कार्यमा पनि प्रगति होला।
सिंह - तपाईको आज धार्मिक तीर्थस्थलको यात्रा हुनसक्छ। नयाँ कार्यको योजना बन्ला, साहित्यिक क्षेत्रमा रुचि बढेरजाला। शेयर बजारबाट पनि लाभ हुने देखिन्छ।
कन्या - कन्या राशीका तपाइको आज मन खिन्न हुने स्थिति आउनसक्छ। बन्न लागेको काम अन्तिम समयमा बिग्रिने र झमेला आउनेछ, आर्थिक समस्या पनि खेप्नु पर्ला।
तुला - आज तपाइको शुभकार्यको चर्चा चल्ने र राज्यबाट सहयोग मिल्ने समय छ, धार्मिक तथा समाजसेवामा मन जानेछ। न्यायिक कार्यमा सफलता होला।
वृश्चिक - तपाईलाई आज आत्मिक सन्तुष्टि मिल्ला। लगनशीलताले कामहरू अगाडि बढेर जाला र वित्तिय संस्थाबाट सहयोग पाइएला भने प्रेमीको सहयोग मिल्नेछ।
धनु - तपाइको आज शुभकार्यको चर्चा चल्नेछ भने नजिकको व्यक्तिबाट कार्य पुरा होला। प्रेमीको साथ र सहयोग पाइएला। धार्मिक यात्राको योग पनि रहेकोछ।
मकर - मकर राशीका तपाईको आज यात्रामा बाधा आउन सक्छ। सरकारी निकायको भय रहिरहला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ, तर प्रेम सम्बन्धमा मधुरता आउला।
कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज कार्य सम्पादनमा सहजता हुनेछ। सामाजिक क्षेत्रमा सफलता र वैदेशिक कार्य अघि बढ्ने योग छ। कुटुम्बको सहयोग पनि मिल्नसक्छ।
मिन - तपाईको आज राज्यबाट मान सम्मान मिल्नेछ। आँटेको र ताकेको कार्य पुरा हुने र वित्तिय संस्थाबाट सहयोग मिल्नेछ। शुभकार्यको चर्चा पनि चल्नेछ ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता