शुभ बिहानी, आज २०८० साल बैशाख ३० गते, जेठ कृष्ण अष्टमी तिथी शनिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज काम देखाएर अरूको मन जित्न सकिएला, महिला वा मित्रहरुबाट
विशेष साथ र सहयोग मिल्ने र आकस्मिक धन लाभ हुने योग छ ।
वृष - तपाईले आज
जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक
सफलता पाउनुहेनछ। मनमा हर्ष, उमङ्ग
र उत्साह छाउने र स्वादिष्ट भोजनको योग रहेको छ।
मिथुन - तपाईको
आज कुनै कुराले मन प्रसन्न हुनेछ। लामो समयदेखि रोकिएका
अधुरा कार्यहरू पुरा हुने र पारिवारिक साथ र सहयोग मिल्ने समय छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी
आजको दिन प्रतिकूल समयको रहेकोछ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्ने र
जिद्दीपनाले गर्दा काम बिग्रनु का साथै प्रेममा मनमुटाव आउन सक्छ।
सिंह – तपाईको आज बुद्धिको
उपयोगले लक्ष्य पहिल्याउन सकिएला। बोलीको भरमा कार्य सम्पादन हुने र नयाँ उद्योग
वा रचनात्मक काममा जुट्ने समय रहेकोछ।
कन्या - कन्या राशीका तपाइँलाई आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान।
साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ र पारिवारिक साथ, प्रेम, सद्भाव
र स्नेह पनि पाइने छ।
तुला - आज तपाइलाई आत्मिक
सन्तुष्टि मिल्ने र एउटै कामबाट दोहोरो लाभ हुने समय छ। व्यावसायिक काममा राम्रै
फड्को मार्न सकिएला भने तीर्थाटनको योग पनि रहेको छ।
वृश्चिक – तपाईले आज गरेको काममा ढिलासुस्ती हुनुका साथै दबाब र तनाव
बढेको महसुस होला। पारिवारिक समस्या आउने हुनाले विचार गरेर निर्णय लिनु उचित रहनेछ।
धनु – तपाइले
आज आज इच्छा र आकाङ्क्षा पुरा होलान। ठूला
व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्ने र धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता
लाग्न सक्छन।
मकर - मकर राशीका तपाईको धर्म
कर्म, परोपकार, समाजसेवा
जस्ता कार्यमा मन जानेछ। शेयर बजारको लगानीले राम्रो हुनसक्छ। शुभकार्यको चर्चा
पनि हुनेछ।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी आजको दिन मध्यम खालको
रहनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ने र घरमा अतिथिको आगमन हुने योग छ, तर खर्च भने बढ्नेछ।
मिन -
तपाईको आज नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुने समय छ।
दैनिक कार्यमा प्रगति होला। रमणीय र सुखद् यात्राको योजना बन्नेछ, तर शेयर बजारमा नोक्सानी हुने
देखिन्छ ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता