शुभ बिहानी, आज २०८० साल बैशाख २१ गते बिहिबार बैशाख शुक्ल चतुर्दशी तिथी बिहिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि हुनेहरुको लागी आज पारिवारिक सद्भाव बढ्ने र आँटेको, ताकेको कार्य पुरा हुने समय छ। आकस्मिक धनलाभ हुनेछ भने महिला वर्गबाट सहयोग मिल्न सक्छ।
वृष - तपाईको आज माया प्रेममा सामीप्यता बढ्ने छ र घर परिवार तथा आफन्तबीचको सम्बन्ध राम्रो भएर जाला। शुभ समाचार पनि सुन्न पाइनेछ।
मिथुन - तपाईलाई आज मन खिन्न हुने स्थिति आउला। कार्य सम्पादनमा सहजता नहुन सक्छ। जिद्दीपनाले गर्दा काम बिग्रने डर र स्वास्थ्यप्रति सजग रहने समय छ।
कर्कट - कर्कट राशी हुनेहरुको लागी आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउन सक्छ। कला र गलाको प्रभाव बढ्नु का साथै शुभ समाचार सुन्न पाईनेछ र लगानीमा घाटा हुनसक्छ।
सिंह – तपाईको आज आत्मविश्वास र पराक्रममा वृद्धि होला। आँटेको र ताकेको कार्य पुरा हुने र कलकारखाना र बन्दव्यापारमा पनि राम्रो हुनेछ।
कन्या - कन्या राशीका तपाइलाई आज आत्मबलमा कमी आउने र मनमा चिन्ता, दुबिधा उत्पन्न होला। स्वास्थ्य प्रति सचेत रहनु होला।
तुला - आज तपाइको मन सम्हाल्न आवश्यक रहनेछ। दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गरिएला सचेत रहनु होला। सौन्दर्यतामा धन खर्च हुनसक्छ।
वृश्चिक – तपाईको आज इनाम र प्रतिष्ठा कमाउने बेला रहेकोछ। परिवारमा सुख सन्तोष छाउने र अधुरो काम बन्नु का साथै धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइएला।
धनु - तपाइको आज अरुलाई प्रभावित पारेर काम हुनेछ। चलाखी पूर्ण बोलीले काम बन्नेछ भने आयआर्जनका क्षेत्रमा सुधार आउने र पठनपाठनमा प्रगति हुने समय छ।
मकर - मकर राशीका तपाईको आज कुनै कुराले म प्रसन्न हुनेछ। नयाँ र शुभकार्यको चर्चा चल्ने र बन्धु बान्धवबाट सहयोग मिल्ला, प्रेममा सफलता प्राप्त हुनसक्छ।
कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज राज्यबाट मान सम्मान पाइएला। कुटुम्बको सहयोग मिल्नसक्छ। घरमा अतिथिको आगमन हुने र बोलीको भरमा कार्य सम्पादन हुने समय छ।
मिन - तपाईको आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनु का साथै धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान। प्रेमीकाको सहयोग प्राप्त होला। छोटो यात्रा पनि हुनसक्छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता