फागुन ९, काठमाडौँ । नेपालमा रहेका तिब्बती शरणार्थीहरुले पनि नेपालमै ग्याल्पो ल्होसार मनाएका छन् । ऊनिहरुले जावलाखेलमा रहेको शरणार्थी क्याम्पमा नाचगानका साथ परम्परागत पहिरनमा सजिएर नयां वर्ष अर्थात ल्होसार मनाएका छन ।

विशेषत शेर्पा जाती सँग सम्बन्धीत ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । यो ल्होसारलाई शर्पा जातीले नयाँ वर्षको रुपमा मानाउँछन ।
