माघ ६, काठमाडौँ
। विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्त्विक
नगर पनौतीको काम अन्तिम चरणमा पुगेको छ ।
विभिन्न
कारणले गर्दा २०५२ सालदेखि विश्व सम्पदा सूचिमा सूचिकृत गराउने कोसिस अघि बढ्न
सकेको थिएन भने अहिले स्थानीय सरकारको पहलमा पनौतीलाई विश्व सम्पदा सूचिमा सूचिकृत
गराउन तीव्र तयारी भइरहेको छ । अहिले पनौतीलाई विश्व सम्पदा
सूचिमा सूचिकृत गराउन नगरपालिकाले अन्तिम तयारीका साथ कामहरु अघि बढाइरहेको छ ।
- न्युज बहार संवाददाता