फागुन ६, काठमाडौँ । आज फागुन ६ गते
कृष्ण त्रयोदशी शनिबार । आज महाशिवरात्री पनि हो । आउनुस हेरम ज्यो.प. नारायणप्रसाद दुलालको
भविष्यवाणीबाट आज शनिबार शिबरात्रीको दिनको तपाईहरुको राशिफल कस्तो छ त ?
मेष - नयाँ उद्योग वा रचनात्मक
काममा जुट्ने समय छ ।आज आँको काम पुरा हुनसक्छ । शुभारम्भको चर्चा पनि चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि
बढ्नेछ ।
वृष - यात्रामा मालसामान हराउन
सक्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । स्वास्थ्यमा खर्च पनि बढ्न सक्छ, साझामा भने नयाँ समाचार
पाइनेछ ।
मिथुन - प्रेम सम्बन्ध कसिलो हुनेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कर्कट - एकपछि अर्को अवसर आउनाले मन
प्रसन्न रहनेछ ।घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले पनि सहयोग जुटाउनेछन् । भूमिबाट लाभ रहला ।
सिंह - साथीभाइले पनि सहयोग
जुटाउनेछन् । लगानीमा रहेको रकम फिर्ता
आउनसक्छ । तर्क, विवाद र प्रतिस्पर्धामा
राम्रो सफलता मिल्नेछ ।
कन्या - नियमित खर्चसमेत बढ्ने योग छ
। आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । शेयर बजार पनि असफल
हुनसक्छ ।
तुला - लक्ष्मी प्रसन्न हुने योग छ
। महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा
सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि
राम्रै पाइएला ।
वृश्चिक - धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आज भाग्यले विभिन्न अवसर जुराउनेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम सुरु गर्ने समय छ ।
धनु - धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । घरमा अतिथिको आगमन हुनेछ ।
मकर - सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । समय मध्यम रहेको छ । आफन्तसँग पनि मनमुटाव होला । माया प्रेममा अविश्वास बढ्नसक्छ ।
कुम्भ - विदेश अथवा दूरदराजमा रहेको बसोबास गर्ने व्यक्तिहरूसँग सम्बन्ध
सुमधुर रहनेछ । आजको यात्रा लाभदायक अनि सफल रहनेछ ।
मिन - रोकिएका काम
पुनः सुरु हुन सक्छन् । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा
होला ।आर्थिक कारोबारमा सफलता पाइएला ।
राशिफल जे लेखिए पनि तपाईंको
दिन शुभ रहोस् शुभदिन ।