माघ २९, काठमाडौं । आउदै गरेको महाशिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रका विभिन्न
स्थानमा तयारी स्वरुप झिलिमिली बनाउन थालिएको छ । महाशिवरात्रि नजिकिदै गर्दा
पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी बनाउने साथै फूल तथा बिजुली बत्तीले सजाउन
थालिएको छ । पशुपति मन्दिर सजावटमा मारवाडी समितिले सहकार्य गरिरहेको छ। अहिले पशुपतिनाथ मन्दिर क्षेत्रमा रंग लगाउने र फूलले सजावट गर्ने काम भइरहेको हो
।
डा. मिलन थापा पशुपति क्षेत्र विकास कोषका सदस्य
सचिव का अनुसार पशुपतिनाथ मन्दिरको मुख्यस्थललाई रङरोगन गर्ने कार्य भइरहेको
चछ भने बत्तीले
सजाउने काम सुरु गरिएको छ । यसैगरी पशुपति क्षेत्रका भित्तामा रङरोगन लगाउने तथा
भत्किएका सिडी मर्मत गर्ने कार्य पनि सुरु भएको सदस्य सचिव डा. थापाले बताएका छन ।
सदस्य सचिव डा. थापाले भने, ‘पशुपतिनाथ क्षेत्रलाई रङ्गीचङ्गी सहित सजावट गर्ने काम सुरु भएको छ, अबको केही दिनमा पशुतिनाथ निकै
झकिझकाउ देखिने छ ।’ यसवर्ष
पशुपतिनाथमा १० लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने अनुमान समितिले गरेको उनले बताएका छन । पशुपतिनाथ क्षेत्रमा झकिझकाउ
गरिन थालिए पनि शौचालयको अभावको समस्या भने रहेको स्वयं कोषका कर्मचारी बताउँछन् ।
पशुपतिनाथमा बत्तीसहित विभिन्न रङ्रोगरोगनले सजावट गरिन सुरु भएपछी अहिले यो क्षेत्र झनै मनमोहक र
आकर्षक बनेको पशुपति क्षेत्र विकास कोषका सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिएका छन ।