बैशाख ४, काठमाडौँ। यही बैशाख ७ गते अर्थात मातातिर्थ औंसिको दिन सुर्य ग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जानकारी गराएको छ।
यसका साथै उक्त सुर्यग्रहण नेपालबाट नदेखिने र यसको दोष पनि नलाग्ने समितिले जनाएको छ।
समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले वैशाख कृष्ण औंसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने जानकारी दिएका छन।
- न्युज बहार संवाददाता