Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज ओल्के पर्व मनाइदै, प्रदेश सरकारद्वारा सार्वजनिक बिदाको घोषणा ।

  •   ३ वर्ष अघि | १ भदौ २०८०, शुक्रबार

भदौ १, कैलाली । आज भदौ १ गते सुदूरपश्चिम क्षेत्रमा ओल्के पर्व मनाइने दिन । नेपालको सुदूरपश्चिम क्षेत्रमा आज ओल्के संक्रान्ति मनाइने गरिन्छ । यस दिनका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

सुदूरका पहाडी जिल्लामा साउने झरी सकिएलगत्तै विभिन्न प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा ओल्के पर्व मनाउने प्रचलन छ ।

ओल्कोको अर्थ सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’ भन्ने हुन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप फलफूल, कर्कलाको भित्री पात आदि दिनु, हातमा मेहेन्दी लगाउनु, मीठो–मसिनो खानु, यस पर्वको विशेषता रहेको छ । 

यस दिन ओल्कोको रूपमा सागपात, फलफूल, अन्न, दही, दूध, गूड, घिउ र अन्य पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइने गरिन्छ  ।

  • न्युज बहार संवाददाता

थप