Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज नेपाली परम्पराअनुसार नागपञ्चमी पर्व मनाइँदै ।

  •   ३ वर्ष अघि | ४ भदौ २०८०, सोमवार

भदौ ४, काठमाडौँ । आज नेपाली परम्पराअनुसार नागपञ्चमी पर्व नागको पूजा गरी मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन यो पर्व को मनाइने प्रचलन छ ।

साउनमा यसवर्ष अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो ।

नागको पूजा आराधना गरी नागको चित्र घरको मूल ढोका माथी टाँस्दा वर्षभर घरमा सर्प, नाग र बिच्छीलगायतका जीवले दुःख नदिने नज विश्वास रहेको छ । साथै धार्मिक विश्वास अनुसार यसो गर्नाले मेघ, चट्याङ र अग्निको भयबाट पनि बच्न सकिन्छ भन्ने गरिन्छ ।

आजको दिन घरमा नाग टाँसि सकेपछी एक दिनलाई खेतबारीमा खनजोत गर्न नहुने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्न नहुने भन्ने मान्यता पनि रही आएको छ ।

आज नागपञ्चमीको दिन काठमाडौँको टौदह र नागपोखरी, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका कुण्ड, नागदह र नाग स्थानमा पूजा गर्नेहरुको घुइँचो लाग्ने गरेको छ । नागको पूजा गरी अक्षता, गाईको दूध, दुबो,  खीर र रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने परम्परा छ ।

  • न्युज बहार संवाददाता

थप