फागुन १९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको जिवनमा
आधारित पुस्तक केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’ नामक पुस्तक विमोचन गरिएको छ।
आज सोमबार
आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुस्तक विमोचन
गरेकी हुन्।
यस
पुस्तकलाई पत्रकार गणेश पाण्डेले सम्पादन गरेका थिए।
प्रधानमन्त्रीको
सचिवालयका अनुसार यस पुस्तकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले
लोकतन्त्र प्राप्तिका लागि गरेका सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेका नेतृत्वदायी
पहललाई केन्द्रमा राखेर सो पुस्तक तयार पारिएको हो ।
उक्त पुस्तकमा
प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वका लेख–रचनासमेत समावेश गरिएको छ ।
- न्युज बहार संवाददाता