शुभ बिहानी, आज २०८० साल असार १० गते, असार कृष्ण सप्तमी तिथी आइतबार। न्युज
बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा
मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज विद्या र बुद्धिको विकास हुने, महिला वा मित्रबाट
विशेष सहयोग मिल्ने, धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र व्यापारबाट पनि लाभ
हुने समय छ।
वृष - तपाईको
आज खानपिनका कारण पेटमा समस्या आउनसक्नेछ।
लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुपर्नेछ, तर वैदेशिक काम भने बन्नसक्छ।
मिथुन - तपाईको
आज धर्मकर्म तथा समाजसेवामा मन जानेछ। बौद्धिक
प्रतिस्पर्धामा विजयी भइएला, नयाँनयाँ
ज्ञान सिक्ने मौका पाइएला। घरमा अतिथिको आगमन होला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज धार्मिक, सामाजिक
महत्वको क्षेत्रको भ्रमण हुनसक्ने, पशुचौपायाबाट लाभ प्राप्त हुने र कुनै कुराले मनमा शान्ति पनि छाउने समय छ।
सिंह – तपाईको आज
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न होला। वैदेशिक क्षेत्रबाट सफलता मिल्ला।
बौद्धिकताको विकास होला र न्यायिक कार्यमा सफलता पाइएला।
कन्या - कन्या राशीका तपाईको आज आँटेको काममा सफलता नपाइएला। गरेका कार्यमा
ढिलासुस्ती होला। प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न होला।
तुला - तपाइको आज कठोर परिश्रम
गर्नुपर्ने, दैनिक व्यवहारमा खर्च बढ्न सक्ने, नाक तथा घाँटीमा समस्या आउन सक्ने र
स्वास्थ्य प्रति सजगता अपनाउनु पर्ने समय छ।
वृश्चिक – तपाईको आज श्रमको उचित मूल्याङ्कन होला। मिष्ठान्न भोजनको
अवसर मिल्न सक्छ। कुनै कुराले मनमा शान्ति छाउला। प्रेम सम्बन्ध पनि कसिलो नै होला।
धनु – तपाइको आज बोलीको भरमा कार्य सम्पादन होला। एकपछि अर्को
अवसर आउनाले मन प्रसन्न रहला। नयाँ योजना बन्ला। घुम्न जाने योजना पनि बन्न सक्नेछ।
मकर - मकर राशीका आज शरीरमा स्फूर्ति र
उमङ्गको कमी आउन सक्छ। घर व्यवहारको समस्याले सताउनाले नयाँ काममा हात हाल्नु अघि
राम्ररी विचार पुराउनु पर्ने देखिन्छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज नयाँ काम वा
रोजगारको अवसर पाइएला। सफल यात्रा पनि होला। मित्रको सहयोगबाट मिल्नेछ र पारिवारिक
समस्या, आर्थिक पक्ष राम्रो बहुन सक्छ
मिन –
तपाइको आज रमाइलो
यात्राको, बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने, प्राविधिक कार्यमा सफलता मिल्ने,
आज दौडधुप गर्नु परे पनि लाभ हुने योग रहेको छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता