Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज कार्तिक २९ गते बुधबारको राशीफल

  •   ३ वर्ष अघि | २९ कार्तिक २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल कार्तिक २९ गते, कार्तिक शुक्ल द्वितिया तिथी बुधबार । आज तिहारको पाँचौ दिन भाइटिका । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज उमङ्ग र उत्साह यथावत रहला, महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ। नजिकैको व्यक्तिले मन दुखाउन सक्ने हुनाले  सचेत रहनुहोला

वृष  तपाइको आज वैदेशिक कार्य अघि बढेर जानेछ। मनमा शान्तिको अनुभूति होला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने तथा कार्य सम्पादनमा सहजता मिल्न सक्छ।

मिथुन - तपाईको आज कलासाहित्य तथा सङ्गीतमा मन जाला, प्रेमीको सहयोग प्राप्त होला। सामाजिक क्षेत्रमा रुचि बढ्नुका साथै चिन्ता छाडेर चिन्तन गर्ने समय रहेको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज सामाजिक कार्यमा मन जान सक्छ, लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा होलान। शुभकार्यको चर्चा हुनेछ। सांगीतिक क्षेत्रमा रुचि बढेर जानेछ।

सिंह तपाईको आज आज वचन पूरा गर्न नसक्दा आलोचित भइएला, गरेका कार्यमा अवरोध र ढिलासुस्ती आउला। आजको यात्रा र आतिथ्य खर्चिलो हुनेछ।

कन्या - कन्या राशीका तपाईको आज सोच्दै नसोचेको धन प्राप्त होला, आफन्तबाट अथवा विदेशबाट राम्रो समाचार प्राप्त र पुराना साथीभाइसित भेटघाट तथा रमाइलो हुनेछ।

तुला - तपाइको आज सामान हराउन सक्नेछ, आदर्श व्यक्तिसँग भेटघाट होला। मनोरञ्जनात्मक कार्यमा सरिक भइएला। शुभ र नयाँ कार्यको चर्चा हुनेछ।

वृश्चिक  तपाईको आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला, शुभ समाचार सुन्न पाइनेछ। बन्धुबान्धवबाट सहयोग मिल्ने तथा राजनैतिक कार्यमा सफलता पाइनेछ।

धनु  तपाइको आज साँझमा पैसा खर्च हुने योग छ। अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ। यात्रामा मालसामान हराउने र कार्य सम्पादनमा समस्या आउनेछ।

मकर - मकर राशीका तपाइको आज शुभ कार्यको चर्चा हुनेछ, रोकिएका काम दोहोर्याएर गर्दा फाइदा होला। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता पाइनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज साहित्यिक क्षेत्रमा रुचि बढ्ने र नयाँ व्यक्ति सँग भेटघाट हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ। बहुमूल्य वस्तु हात पर्नसक्नेछ।

मिन – तपाइको आज दिनको उत्तरार्ध सुखद् रहला, रमणीय र सुखद् यात्राको तथा प्रभावकारी बोलीले कार्य सफल हुने र वित्तिय संस्थाबाट सहयोग पाइने योग रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप