शुभ बिहानी, आज २०८० साल भदौ २७ गते, भदौ कृष्ण चतुर्दशी तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज समाजसेवामा
मन जानेछ। ठीक समयमा सही निर्णय लिन सक्नाले महत्वपूर्ण कामको थालनी हुने र कुनै
कुराले मनमा शान्ति छाउन सक्छ।
वृष – तपाइको आज रमाइलो यात्राको सम्भावना रहेको छ। रोकिएको धन
हात पर्ने र नयाँ ज्ञान सिक्ने मौका पाइनेछ। स्वादिष्ट भोजनको आनन्द समेत मिल्नसक्छ।
मिथुन - तपाई आज आफूलाई कमजोर भएको अनुभूति होला। मन खिन्न हुने
स्थिति आउने र शरीर भारी तथा मन अस्थिर रहने संकेत देखिएको छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज राजनैतिक
कार्यमा सफलता मिल्ला। विपरीत वर्ग प्रति आकर्षण बढ्ने तथा घरमा अतिथिको आगमन हुने तर स्वास्थ्यको ख्याल गर्नु पर्ने समय छ।
सिंह – तपाईको आज
छोटो दुरीको लाभदायक यात्रा हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला।
मनोरञ्जनको क्षेत्रमा सफलता पाइएला।
कन्या - कन्या राशीका तपाईको आज महिला वर्गबाट विशेष साथ र सहयोग प्राप्त होला।
अरुलाई प्रभावित पारेर काम बन्ला। सामाजिक क्षेत्रबाट पनि राम्रो सहयोग पाइएला।
तुला - तपाइको आज स्वास्थ्यमा
समस्या आउने देखिन्छ। सहकर्मीबाट विरोध आउने र गरेका काममा ढिलासुस्ती पनि होला।
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ।
वृश्चिक – तपाईको आज चलाखीपूर्ण बोलीले कार्य सिद्ध होला। साथीभाइसँग
समय बित्ला। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिनेछ।
धनु – तपाइको आज श्रमको उचित मूल्याङ्कन होला। बिनाप्रतिस्पर्धा
फाइदा हुने योग रहेको छ। जोशजाँगर र उमंग बढ्ने तथा आर्थिक कारोबारमा सफलता पाइने
समय छ।
मकर - मकर राशीका तपाइको आज पारिवारिक
जमघटमा मन रमाउला। मन पर्ने वस्त्र, अलंकार
आदि उपहार पाइने तथा धर्मकर्म तथा समाजसेवामा मन लाग्ने योग छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज गर्न खोजेका कार्यमा
बाधा आउनसक्ला। मनमा अशान्ति र यात्रामा बिघ्नबाधा पनि आउन सक्नेछ।
मिन –
तपाइको आज शुभ
कार्यमा सरिक भइएला। चिताएको कामले तीव्रता लिने र कलासाहित्यमा रुचि बढ्ने तथा
वैदेशिक कार्य पनि अघि बढ्ने योग छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता