Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ १३ गते बुधबारको राशीफल।

  •   ३ वर्ष अघि | १३ भदौ २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल भदौ १३ गते, साउन शुक्ल चतुर्दशी तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध होला। चिताएको कामले तीव्रता हासिल गर्नेछ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ तथा शुभ समाचार सुन्न पाइएनेछ।

वृष – तपाइको आज श्रमको उचित मूल्याङ्कन होला। साथी भाइको भेटघाटले मन प्रफुल्ल हुनेछ। आर्थिक लाभ रहने तथा कुनै कुराले मनमा शान्ति छाउनेछ।

मिथुन - तपाई आज महत्त्वपूर्ण अवसर गुम्न सक्ला। आफूलाई कमजोर भएको अनुभूति होला। गरेका कार्यमा ढिलासुस्ती हुने र साँझमा धन हात पर्नसक्ने सम्भावना छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज धर्मकर्ममा रुचि बढ्ला। गरेका कामबाट राम्रै लाभ होला। रोकिएका अधुरा कार्यको थालनी हुनुका साथै नयाँ र शुभ समाचार पनि सुन्न पाइनेछ।

सिंह – तपाईको आज स्वादिष्ट भोजन पाइने, आत्मबल बढाएर काम गरेमा सफल भइने, प्रेम सम्बन्धमा मधुरता छाउने र रोकिएको धन हात पर्ने समय छ।

कन्या - कन्या राशीका तपाईको आज रोकिएको धन हात पर्नसक्छ। मिष्ठान्न भोजन प्राप्ति होला। मनोरञ्जनमा सहभागी भइनेछ। साँझमा पैसा खर्च हुने र अतिथिको सेवा पनि हुने योग छ।

तुला - तपाइको आज कार्यमा अवरोध आउन सक्छ। मालसामान हराउने वा नोक्सानी होला। दिनको उत्तरार्धमा बढी धन खर्च होला, तर लामो यात्रा सफल होला।

वृश्चिक – तपाईको आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्ने, कार्य सिद्धि हुने, मनमा उत्साहका साथै बोली बिक्ने र शुभकार्यको चर्चा चल्ने समय छ।

धनु – तपाइको आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान। पठनपाठनमा प्रगति होला। आफन्तको सहयोग प्राप्त हुनुका साथै वैदेशिक क्षेत्रको काम अघि बढ्ने देखिन्छ।

मकर - मकर राशीका तपाइको आज आज शुभ कार्यमा सरिक भइएला। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर आउनसक्छ। श्रमको उचित मूल्याङ्कन होला। अचल सम्पत्ति हात पर्ने योग रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज आफन्तजन सँग मनमुटाब बढ्नसक्छ। विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्ला। आफन्त तथा विश्वास गरेकैहरुबाट धोका होला।

मिन – तपाइको आज वित्तिय संस्था बाट सहयोग पाइएला। विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ। विश्वास गरेकाले साथ दिने र शुभकार्यको चर्चा पनि हुनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप