शुभ बिहानी, आज २०८० साल असार १३ गते, असार कृष्ण दशमी तिथी बुधबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज लगनशीलताले कामहरू अगाडि बढ्ला, समाजसेवामा पनि मन जानेछ।
धार्मिक कार्यमा रुचि बढ्नुका साथै पारिवारिक सद्भाव पनि बढ्न सक्छ।
वृष - तपाईको
आज विद्या र बुद्धिको विकास र श्रमको उचित
मूल्याङ्कन होला। दाम्पत्य जीवन सुखमय रहला। नयाँ व्यक्ति सँग भेटघाट पनि हुनसक्छ।
मिथुन - तपाईको
आज लक्ष्मी प्रसन्न हुने, सामाजिक, धार्मिक कार्यमा रुचि बढ्ने, प्राविधिक क्षेत्रमा रुचि बढ्ने र राज्यबाट मान
सम्मान पनि पाइने योग छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज सौन्दर्यतामा धन खर्च र गरेका काममा ढिलासुस्ती होला। यात्रामा मालसामान
हराउन सक्ने,
र नजिकका व्यक्तिबाट साथ मिल्ने समय छ।
सिंह – तपाईको आज
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा होलान। महिला वा मित्रबाट विशेष सहयोग
मिल्न सक्छ,
तर पुँजी बजारको भने भर नपर्नुहोला।
कन्या - कन्या राशीका तपाईको आज प्राविधिक काममा सफलता र प्रेमीको सहयोग प्राप्त होला।
साहित्यिक क्षेत्रमा रुचि बढ्ने र चिन्ता छाडेर चिन्तन गर्ने समय रहेको छ ।
तुला - तपाइको आज परिवारमा सुख
सन्तोष आउला। सफल यात्राको, कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्ने, शेयर बजारको
लगानीले लाभ दिने योग छ।
वृश्चिक – तपाईको आजको दिन लाभहानी माध्यम रहला। जीवनसाथीको सल्लाहमा
गरिएको कार्यबाट अधिक सफलता पाइएला र वैदेशिक यात्राको पनि योग रहला।
धनु – तपाइको आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने, कार्य
सम्पादनमा सहजता मिल्ने, आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुने समय छ।
मकर - मकर राशीका आज रमाइलो यात्राको, राजनैतिक
कार्यमा सफलता मिल्ने, प्रेममा मधुरता छाउने, मनमा हर्ष, उमङ्ग र उत्साह रहने योग छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज मिठो बोलीले कार्य
सम्पादन होला। वित्तिय संस्थाबाट सहयोग पाइएला। व्यापार व्यवसायमा सफलता मिल्ला र
दिनको उत्तरार्ध सुखद् रहला।
मिन –
तपाइको आज मनमा
निराशा र शरीरमा आलस्य आउनेछ। अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ, तर साँझमा शुभ समाचार पाइने र पैसा
हात पर्नसक्ने सम्भावना छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता