शुभ बिहानी, आज २०८० साल कार्तिक ३० गते, कार्तिक शुक्ल तृतिया तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज धार्मिक
यात्राको र कूटनीतिक नियोगको सहयोग मिल्ने योग रहेको छ। आफन्तको पनि सहयोग प्राप्त
होला। साहित्यिक क्षेत्रमा रुचि बढेर जानेछ।
वृष – तपाइको आज नियमित खर्चसमेत बढ्नाले मनमा निराशा र शरीरमा
आलस्यता आउन सक्छ। कार्यमा बाधा आउनाले अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने
छ।
मिथुन - तपाईको आज शत्रु क्षय हुनेछन, कुनै समाचारले मनमा शान्ति छाउने
र नजिकको मित्रसँग भेटघाट हुनेछ। चिन्ता छाडेर चिन्तन गर्ने समय रहेको छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज व्यवसायको
सन्दर्भमा रमाइलो यात्रा पनि हुनेछ, अतिथिको रूपमा सत्कार पाइने छ भने भौतिक साधन
जुटाउने समय रहेको छ।
सिंह – तपाईको आज
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न होला, जोशजाँगर र हिम्मत बढ्ला। सुन्दर पहिरनले
व्यक्तित्वमा निखारता ल्याउन सक्छ।
कन्या - कन्या राशीका तपाईको आज काम बिगार्नेको सक्रियता बढी रहेको छ। सानातिना
समस्यामा अल्झनुपर्ने र स्वास्थ्य क्षेत्रमा सजगता अपनाउनु उचित होला।
तुला - तपाइको आज रोजगारको
अवसर मिल्ला, शुभारम्भको चर्चा हुनेछ। धर्मकर्म तथा समाजसेवामा मन जाने र
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन।
वृश्चिक – तपाईको आज लत्ता कपडामा खर्च बढ्नेछ, रोकिएका काम पुनः सुरु
हुन हुनेछन। बुद्धिको उपयोगले जटिल कामसमेत सम्पादन होला।
धनु – तपाइको आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनसक्छ,
लाभदायक यात्रा भने हुनेछ। बिना प्रतिस्पर्धा फाइदा होला। परिवार सँग रमाइलो
भेटघाट होला।
मकर - मकर राशीका तपाइको आज व्यवसायमा
मन्दी आउनेछ, शरीरमा स्फूर्ति र उमङ्गको कमी होला। आँटेको काममा बाधा आउला। सामान
हराउने वा चोरी हुने सम्भावना रहेको छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज ब्यापार व्यवसायबाट
आम्दानी हुनेछ, वैदेशिक कार्य अघि बढ्ने र कला तथा गलाको प्रभाव बढ्ने र शुभ समाचार सुन्न पाइने समय छ।
मिन –
तपाइको आज प्रेमीको
सहयोग पाइएला, आँटेको र ताकेको कार्य पुरा होलान। राजनीतिक कार्यमा सफलता मिल्ने
तथा जोशजाँगर र हिम्मत बढेर जानेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता