शुभ बिहानी, आज २०८० साल असोज ११ गते, भदौ शुक्ल चतुर्दशी तिथी बिहिबार । आज ईन्द्र जात्रा । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज श्रमको उचित
मूल्याङ्कन होला, अरुलाई प्रभावित पारेर काम बन्न सक्छ। आय आर्जनमा सुधार आउनुका
साथै वैदेशिक क्षेत्रको काम पनि अघि बढेर जानेछ।
वृष – तपाइलाई
आज मानसिक शान्ति मिल्ला, आफ्नै दक्षतामा
विभिन्न कार्यहरू सम्पन्न हुनसक्छन। रोकिएको धन पाइने र राजनीति अधिकारमा सफलता
मिल्नेछ।
मिथुन - तपाई आज विद्या र बुद्धिको विकास होला, पदोन्नतिको
सम्भावना प्रबल रहेको छ। शुभ कार्यको चर्चा हुने र राज्यबाट साथ, सहयोग पाइनेछ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज पारिवारिक
प्रेम पनि बढ्नेछ, फेसन तथा मनोरञ्जनमा खर्च भए पनि मन सन्तोष नै रहला। तर
परिश्रमअनुसार सफलता मिल्न समय लाग्ने देखिन्छ।
सिंह – तपाईको आज
सामाजिक सद्भाव र रमाइलो यात्रा हुने, कार्य सम्पादनमा सहजता हुने र साथीभाइको
विशेष सहयोग मिल्ने योग छ।
कन्या - कन्या राशीका तपाईको आज प्राविधिक क्षेत्रको काम अघि बढी श्रमको उचित
मूल्याङ्कन होला। स्वादिष्ट भोजन र व्यापार, व्यवसायमा
पर्याप्त लाभ मिल्न सक्छ।
तुला - तपाइको आज स्वास्थ्य
प्रति सजगता अपनाउनु पर्नेछ, भाग्यले विभिन्न अवसर दिनेछ। रोकिएका अधुरा कामहरू
पुरा हुने र नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ।
वृश्चिक – तपाईको आज पारिवारिक समस्या आइपर्न सक्छ सामान हराउने वा
चोरी हुने भय पनि रहेको छ। वैदेशिक क्षेत्र कमजोर रहने हुँदा विचार गरेर निर्णय
लिनु उचित होला।
धनु – तपाइको आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने, अचल सम्पत्ति हात
पर्ने, धर्मकर्म तथा समाजसेवामा मन लाग्ने र प्रेमीको सहयोग पाइने योग छ।
मकर - मकर राशीका तपाइको आज लाभदायक
यात्रा होला, कला,
साहित्य तथा सङ्गीतमा रुचि बढेर जानेछ। व्यापार
व्यवसायमा सफलता पाइने र आँटेको कार्य पुरा हुने देखिन्छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज दिनको उत्तरार्ध बढी
सुखद् रहनेछ। दाम,
इनाम र प्रतिष्ठा कमाउने, विशिष्ट व्यक्तिको
सहयोग पाइने र अरुको मन जित्न वेला छ।
मिन –
तपाइको आज खर्चिलो
यात्रा हुनसक्छ, झुटा आरोप आइपर्दा समस्या आउनेछ। सरकारी निकायको भय रहीरहला।
व्यवसायमा मन्दी पनि आउनेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता