Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक २४ गते शुक्रबारको राशीफल

  •   ३ वर्ष अघि | २४ कार्तिक २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल कार्तिक २४ गते, कार्तिक कृष्ण द्वादशी तिथी शुक्रबार । आज धन्तेरस तथा विश्व विज्ञान दिवस। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज राज्यबाट मान सम्मान पाइनेछ। शुभकार्यको चर्चा हुनेछ। वित्तिय संस्थाबाट सहयोग पाइने र आँटेको र ताकेको कार्य पुरा हुनेछ।

वृष – तपाइको आज धार्मिक यात्राको योग रहेको छ, सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउला। नयाँ कार्यको योजना बन्ने र साहित्यिक क्षेत्रमा रुचि बढ्न सक्छ।

मिथुन - तपाईको आज कष्टकर यात्रा गर्नुपरेता पनि वैदेशिक क्षेत्रको कार्य सहजै अघि बढ्नेछ। आफूलाई कमजोर भएको अनुभूति होला। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज दैनिक कार्यमा प्रगति हुन सक्छ। प्रेमीको सहयोग प्राप्त होला। अतिथिको रूपमा सत्कार पाइने र सामाजिक क्षेत्रबाट सफलता मिल्न सक्छ।

सिंह – तपाईको आज आत्मिक सन्तुष्टि मिल्न सक्छ लगनशीलताले कामहरू अगाडि बढ्ने र वित्तिय संस्थाबाट र प्रेमीको सहयोग सहयोग पाइएला।

कन्या - कन्या राशीका तपाईको आज स्वादिष्ट भोजन पाइएला शुभकार्यको चर्चा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने र परिवारमा सुख सन्तोष छाउने बेला छ।

तुला - तपाइको आज साँझमा शुभ समाचार सुन्न पाइएला। मन खिन्न हुने स्थिति आउने र अनावश्यक झमेलामा परिने तथा विविध समस्या खेप्नु पर्ने समय छ।

वृश्चिक – तपाईको आज जोशजाँगर र हिम्मत तथा पारिवारिक सद्भाव पनि बढ्ने देखिन्छ। मनोरञ्जनमा सहभागी भइने र बन्धु बान्धवबाट सहयोग मिल्ने समय छ।

धनु – तपाइको आज राज्यबाट सहयोग पाइएला। धार्मिक तथा समाजसेवामा मन जानेछ। न्यायिक कार्यमा सफलता मिल्ने र शुभकार्यको चर्चा हुनेछ।

मकर - मकर राशीका तपाइको आज सफल यात्रा हुनेछ सामाजिक क्षेत्रमा सफलता पाइएला। वैदेशिक कार्य अघि बढ्ने र कार्य सम्पादनमा सहजता मिल्नेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज जग्गाजमिनको कारोबार र सेयरबजारबाट राम्रो प्रतिफल पाइनेछ। पढाइमा बाधा आउने र यात्रामा सावधानी अपनाउनु पर्नेछ।

मिन – तपाइको आज शुभ समाचार सुन्न पाइनेछ, आफन्तको सहयोग प्राप्त होला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने र अचल सम्पत्ति हात पर्ने योग रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप