Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक १७ गते शुक्रबारको राशीफल

  •   ३ वर्ष अघि | १७ कार्तिक २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल कार्तिक १७ गते, कार्तिक कृष्ण षष्ठी तिथी शुक्रबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज जोशजाँगर र हिम्मत बढेर जानेछ, प्रेमीको सहयोग  पाइएला। आँटेको र ताकेको कार्य पुरा हुनेछन भने राजनीतिक कार्यमा सफलता मिल्न सक्छ।

वृष – तपाइको आज व्यवसायको सन्दर्भमा रमाइलो र रोमाञ्चक यात्रा पनि हुनेछ, अतिथिको रूपमा सत्कार पाइएने र भौतिक साधन जुटाउने समय रहेको छ।

मिथुन - तपाईको आज साहित्यिक क्षेत्रमा रुचि पनि बढेर जानेछ, आफन्तसँग भेटघाट हुने र सहयोग पाइनुका साथै कूटनीतिक नियोगको सहयोग पनि मिल्न सक्छ ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आज नयाँ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित नहोला, स्वास्थ्यले साथ नदिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क रहनुहोला।

सिंह – तपाईको आज शत्रु क्षय हुनेछन भने आस्था बढेर जाने समय छ। नजिकको मित्रसँग भेटघाट होला। कुनै समाचारले मनमा शान्ति छाउन सक्छ।

कन्या - कन्या राशीका तपाईको आज खानपिनमा ध्यान दिनु पर्नेछ, धर्मकर्म तथा समाजसेवामा मन जानेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन।

तुला - तपाइको आज स्वास्थ्य प्रति भने सचेत रही खानपिनमा भने ध्यान दिनु आवश्यक रहेको छ। इष्टमित्र र काम विशेषले टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट होला।

वृश्चिक – तपाईको आज साँझमा मन प्रसन्न रहला, अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नाले निरासता छाउन सक्छ, काममा बाधा आउला।

धनु – तपाइको आज धर्मकर्म तथा समाजसेवामा मन लाग्ने सक्छ, आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त होला। चिताएको कामले तीव्रता लिन सक्छ।

मकर - मकर राशीका तपाइको आज लाभदायक यात्रा हुनेछ र नयाँ कार्यको योजना पनि बन्न सक्छ, रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा होला। शुभारम्भको चर्चा हुनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज चोटपटकको भय रहेको छ, अवसर आउनाले मन प्रसन्न रहला र सफल यात्रा पनि होला। सामाजिक काममा सफलता प्राप्त होला।

मिन – तपाइको आज प्रेममा मनमुटाव पनि आउन सक्नेछ, तर धन भने हात पर्न सक्छ, सानातिना समस्यामा अल्झनु पर्दा वैदेशिक कार्यमा बाधा आउला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप