Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर ६ गते बुधबारको राशीफल

  •   ३ वर्ष अघि | ६ मंसिर २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल मंसिर ६ गते, कार्तिक शुक्ल दशमी तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज काम देखाएर अरूको मन लोभ्याउन सकिएला, मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना होने तथा प्रेम र मित्रताको बन्धन कसिने बेला रहेको छ।

वृष – तपाइको आज अचल सम्पत्ति पनि हात पर्न सक्छ, शुभ यात्रा हुने, नयाँ कमको थालनी हुने र सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुने योग छ।

मिथुन - तपाईको आज आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा काम गर्दा सावधानी अपनाउनु होला नत्र कामहरू बिग्रने तथा आफन्तसँग मनमुटाब हुन सक्ने सम्भावना रहेको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज शुभकार्यको चर्चा हुनेछ, आँटेको र ताकेको कार्य पुरा होलान। ठीक समयमा सही निर्णय लिन सक्नाले बोलीको प्रभाव पनि बढ्न सक्छ।

सिंह – तपाईको आज वैदेशिक कार्य अघि बढ्ला, अधुरो काम पूरा हुने र व्यवसायका लागि यात्राको सम्भावना पनि रहेको छ। महिला वर्ग बाट विशेष सहयोग पाइएला।

कन्या - कन्या राशीका तपाईको आज प्रतिष्ठा र पदोन्नतिको सम्भावना रहेको छ, गरेको काममा सफलता हात पर्ने तथा नोकरी र व्यावसायिक जीवनमा सुधार आउने सम्भावना पनि छ।

तुला - तपाइको आज राजनैतिक कार्यमा बाधा पनि आउन सक्नेछ, घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो होला।

वृश्चिक – तपाईको आज दिनको उत्तरार्ध बढी सुखद् रहला, आफन्तको सहानुभूति मिल्नुका साथै मित्रबाट विशेष सहयोग पाइएला। श्रमको उचित मूल्याङ्कन पनि होला।

धनु – तपाइको आज मनमा शान्ति छाउने र शुभकार्यको चर्चा पनि हुनेछ। नयाँ सवारी साधन प्राप्तिको र राजनैतिक कार्यमा सफलता मिल्ने योग छ।

मकर - मकर राशीका तपाइको आज आफन्तसँग भेटघाट हुनेछ, बुद्धिको प्रयोगले समुचित अनुमानका कारण सामाजिक सम्मान प्राप्त होला। वैदेशिक कार्य अघि बढेर जानेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ, समय मध्यम रहेकोले परिबन्धनमा परिने तथा झै झगडा हुने अधिक सम्भावना छ।

मिन – तपाइको आज आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ, शुभ कार्यको लागि यात्रा हुने र कुनै कुराले मनमा शान्ति छाउने तथा दाम्पत्य जीवन सुखमय रहनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप