Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर २७ गते बुधबारको राशीफल

  •   ३ वर्ष अघि | २७ मंसिर २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल मंसिर २७ गते, मंसिर शुक्ल प्रतिपदा तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज अभिभावकको आशीर्वादले काम बन्नसक्छ, नाक तथा घाँटीमा समस्या आउने र राजनैतिक कार्यमा बाधा आउन सक्छ।

वृष – तपाइको आज व्यावसायिक नयाँ योजनाहरु बन्न सक्छ। दानपुण्यका कार्यमा सहभागी भइएला। सानो प्रयत्नले ठूलो काम सम्पादन होला।

मिथुन - तपाईको आज प्रेमको डोरो पनि कसिलो होला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ होला। सामाजिक कार्यमा सफलता हात पर्नसक्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज नजिकको व्यक्तिबाट धोका पाइएला, मन खिन्न हुने स्थिति आउनाले खानपानमा ख्याल गर्नु होला।

सिंह – तपाईको आज प्रतिस्पर्धामा उत्तीर्ण हुन भइएला। कार्य सम्पादनमा केही सहजता मिल्ने र प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज स्मरण शक्ति बढ्ने योग रहेको छ। महिला वा मित्रबाट विशेष सहयोग पाइएला। अध्ययनमा रुचि जाग्नेछ।

तुला - तपाइको आज प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ। आफन्तसँग मनमुटाव सिर्जना हुने योग पनि छ।

वृश्चिक – तपाईको आज भीडभाडबाट बचेर हिँड्दा राम्रो होला। कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति छाउला। दाम्पत्य जीवन सुखमय होला।

धनु – तपाइको आज दिनको उत्तरार्ध सुखद् रहला, राजनैतिक कार्यमा सफलता मिल्नुका साथै नयाँ योजना र शुभकार्यको चर्चा होला।

मकर - मकर राशीका तपाइको आज आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्नेछ। अनुहारमा चमक र मन प्रसन्न हुनेछ। घरमा शुभकार्यको चर्चा होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज आतिथ्यपूर्ण सम्मान पाइएला, काम देखाएर अरूको मन लोभ्याउन सकिएला। प्रेम र मित्रताको बन्धन कसिने समय छ।

मिन – तपाइको आज स्वास्थ्य प्रति सजग रहनु होला। महिला वर्गबाट विशेष सहयोग पाइएला। प्रविधि मार्फत आफन्तसँग भेटघाट होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप