शुभ बिहानी, आज फागुन १७ गते फागुन शुलक दशमी तिथी बुधबार।
न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका
छौं आजको राशिफल।
मेष- मेष राशि
हुनेहरुको लागी आज शुभ समाचार सुन्न पाइने सम्भावना छ। मित्रहरुबाट विशेष सहयोग
मिल्नसक्छ। अप्ठ्यारो र जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ।
वृष – आज तपाइको
धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। जोशजाँगर र
हिम्मत बढ्न सक्छ। बन्धुबाट सहयोग मिल्नेछ।
मिथुन – आज तपाइको सामाजिक क्षेत्रमा हातहरू अघि
बढ्नेछन्। आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ भने पुनर्मिलनको योग पनि रहेको
छ।
कर्कट –कर्कट राशीहुनेहरुको आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।
स्वास्थ्यमा धन खर्च हुने योग छ । शैक्षिक क्षेत्र पनि कमजोर रहने सक्छ।
सिंह – आज तपाइ साथी भाइको भेटघाटले मन प्रफुल्ल
रहला। धार्मिक कार्यमा मन जानेछ। नयाँ योजना बन्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु
होला।
कन्या – आज मनोरञ्जन पूर्ण दिन रहनेछ।
रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। आफ्नै दक्षतामा कार्यहरू
सम्पन्न हुनेछन्।
तुला – तपाइको आज स्थान परिवर्तनका विशेष योग देखिएको छ। अरुको मन जित्न सकिनेछ भने शुभ कार्यको चर्चा चल्नेछ र
सन्तान सुख पनि मिल्ने योग छ।
वृश्चिक – आज तपाईको अनावश्यक खर्च हुने योग छ र
मानसिक चिन्ता बढ्नेछ। शैक्षिक क्षेत्र कमजोर नै रहने छ। बेसुरमा वचन दिने
बानीले अप्ठ्यारो पर्न सक्छ।
धनु – आज तपाइको मन प्रसन्न रहने छ र
स्वादिष्ट भोजन खान पाइनेछ। आम्दानी बढाउने योजना गर्न सकिन्छ। राजनैतिक कार्यमा
बढी सफलता मिल्लने छ।
मकर –
मकर राशीका तइपको आज आँटेको र ताकेको कार्य अघि बढ्नेछ। पारिवारिक सहयोग र सद्भाव बढ्नेछ भने एकपछि अर्को अवसर आउने र मन प्रसन्न रहने
योग।
कुम्भ- आज कुम्भ राशी हुनेहरुको लागी धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ। काम देखाएर अरूको मन लोभ्याउन
सकिनेछ भने प्राविधिक क्षेत्रका कार्यमा सफलता पाइनेछ।
मिन – आज तपाईको आज धन हानी हुनसक्छ। शेयर
बजारले पनि साथ नदिन सक्छ आहार विहारमा सावधानी अपनाउनु होला र
साँझमा धन खर्च भने रहला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता