शुभ बिहानी, आज २०८० साल असार ८ गते, असार कृष्ण पञ्चमी तिथी शुक्रबार। न्युज
बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा
मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज नजिकको मित्रसँग भेटघाट हुने, कला र गलाको प्रभाव
बढ्ने,
पठनपाठनमा प्रगति हुने र दिनको उत्तरार्धमा धन खर्च बढी हुनसक्ने सम्भावना
छ।
वृष - तपाईको
आज महत्त्वपूर्ण अवसर गुम्न सक्ला प्रेमी र
प्रेमिकाका बिच खिन्नता बढ्ने र साँझमा पैसा खर्च हुने योग छ, तर कुनै शुभ समाचार भने सुन्न पाइएला।
मिथुन - तपाईको
आज नयाँ र शुभारम्भको चर्चा हुनेछ। आफन्त र
साथीभाइबाट सहयोग तथा हौसला प्राप्त होला। मेहनतीहरूका लागि दिन फलदायी नै रहला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज अरुलाई प्रभावित पारेर काम बन्नुका साथै
बिनाप्रतिस्पर्धा फाइदा हुने, व्यवसायबाट लाभ नै मिल्ने, शेयर बजारको लगानीले पनि
राम्रै लाभ दिने योग छ।
सिंह – तपाईको आज
नयाँ कार्यको थालनी हुनेछ। जोशजाँगर र हिम्मत बढ्ने र शुभ समाचार सुन्न पाइनुको
साथै राजनैतिक कार्यमा विशेष सफलता पाइएला।
कन्या - कन्या राशीका तपाईको आज अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ। सम्पत्ति
हराउने वा नष्ट हुने र अरुको भर पर्दा धोका पाइने तर साँझमा शुभ समाचार सुन्न पाइएला।
तुला - तपाइको आज मनमा हर्ष, उमङ्ग र उत्साह आउला। बन्धु बान्धव तथा विशिष्ट
व्यक्तिको सहयोग मिल्नुका साथै शेयर बजारको लगानीले पनि राम्रै लाभ दिन सक्छ।
वृश्चिक – तपाईको आज आँटेको र ताकेको कार्य पुरा हुनुका साथै कूटनीतिक
नियोगको सहयोग मिल्ने र साहित्यिक क्षेत्रमा रुचि बढ्ने तथा स्वास्थ्यमा सुधार आउने
योग छ।
धनु – तपाइको आज शुभ समाचार सुन्नमा आउला। धनार्जनका नयाँ
स्रोतहरू पत्ता लाग्नुका साथै नयाँ कार्यको थालनी होला, वैदेशिक क्षेत्रमा सफलता
मिल्न सक्छ।
मकर - मकर राशीका आज गर्न खोजेको जुनसुकै
कार्यमा बाधा आउने, मनमा दुबिधा र
यात्रामा बिघ्नबाधा समेत आउनसक्ने समय छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज जोशजाँगर र हिम्मत
बढ्नुका साथै चिताएको कामले तीव्रता लिनुका साथै राजनैतिक कार्यमा सफलता मिल्ने र
वैदेशिक कार्य अघि बढ्ने समय छ।
मिन – तपाइको
आज धार्मिक कार्यमा रुचि बढ्ला,
वित्तिय संस्थाबाट सहयोग पाइने र प्रेम, मित्रताको बन्धन कसिने तथा शुभ कार्यको
चर्चा पनि हुने समय छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता