Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज भदौ ७ गते बिहिबारको राशीफल।

  •   ३ वर्ष अघि | ७ भदौ २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल भदौ ७ गते, साउन शुक्ल अष्टमी तिथी बिहिबार । आज गौरा पर्व । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज सानातिना समस्यामा अल्झनुपर्ला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने र व्यापार व्यवसायमा पनि मन्दी आउने देखिन्छ।

वृष  तपाइको आज रमाइलो यात्रा हुने, राजनैतिक कार्यमा सफलता मिल्ने, प्रेममा मधुरता छाउने र मनमा उमङ्ग, हर्ष र उत्साह छाउने योग छ।

मिथुन - तपाई आज लक्ष्मी प्रसन्न हुने, सामाजिक, धार्मिक कार्यमा र प्राविधिक क्षेत्रमा रुचि बढ्ने, राज्यबाट मान सम्मान पनि पाइने समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनसक्छन शुभकार्यको चर्चा हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग पाइएला।

सिंह तपाईको आज सौन्दर्यतामा धन खर्च होला। नजिकका व्यक्तिबाट कार्यमा वाधा आउनसक्छ। गरेका काममा ढिलासुस्ती होलान। यात्रामा मालसामान हराउने देखिन्छ।

कन्या - कन्या राशीका तपाईको आज अधुरा कार्य पूरा होलान, नयाँ कार्यको योजना बन्ला, शत्रुमाथि विजय मिल्नुका साथै रमाइलो यात्राको योग पनि रहेको छ।

तुला - तपाइको आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्ला। आफ्नो कार्य सम्पादनमा सहजता होला। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त गर्नुहोला।

वृश्चिक  तपाईको आज रमणीय र सुखद् यात्रा हुने, धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने, साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने योग छ।

धनु  तपाइको आज आफन्तसँग मनमुटाव बढ्ला तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्ला। सवारी साधन सँग सम्बन्धित काम गर्दा ख्याल गर्नु आवश्यक होला।

मकर - मकर राशीका तपाइको आज प्राविधिक काममा सफलता प्राप्त होला। साहित्यिक क्षेत्रमा रुचि बढेर जानेछ। चिन्ता छाडेर चिन्तन गर्ने र प्रेमीको सहयोग प्राप्त हुने समय छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज घरायसी कार्य अगाडि बढ्लान। परिवारमा सुख सन्तोष छाउला। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने तथा सफल यात्राको योग पनि रहेको छ।

मिन – तपाइको आज विद्या र बुद्धिको विकास होला। दाम्पत्य जीवन सुखमय रहने र नयाँ व्यक्तिसँग भेटघाट पनि होला। विश्वासपात्रले काममा साथ भने दिनेछन।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप