शुभ बिहानी, आज २०८० साल कार्तिक २ गते, असोज शुक्ल पञ्चमी तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज सरकारी
निकायको भय पनि रहनाले मन भावुक र उत्ताउलो हुनसक्छ। अनावश्यक ठाउँमा धन खर्च होला।
जिद्दीपनाले गर्दा काम बिग्रन पनि सक्छ।
वृष – तपाइको आज जोशजाँगर पनि बढेर जानेछ, धार्मिक कृत्यमा सहभागी
हुनु पर्नेछ। आफन्तको प्रगतिमा मन रमाउने र नयाँ कार्यको अवसर प्राप्त हुनेछ।
मिथुन - तपाई आज साहित्यिक क्षेत्रमा रुचि बढेर जानेछ भने रोकिएका
काम पुनः सुरु हुन सक्छन। जोशजाँगर र उमङ्ग बढ्ने तथा वैदेशिक कार्य पनि अघि बढ्ला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज जोशजाँगर र हिम्मत
बढेर जाँदा पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछन। विपरित वर्गबाट
विशेष सहयोग होला।
सिंह – तपाईको आज
शुभ र नयाँ कार्यको योजना बन्ला। निर्णय कार्यान्वयन नहुन सक्छ। आत्मबलमा कमी आउला।
मनमा दुबिधा पनि उत्पन्न हुनसक्छ।
कन्या - कन्या राशीका तपाईको आज आफूले अरुलाई प्रभावित पारेर काम बन्न सक्छ, मिष्ठान्न
भोजनको अवसर जुर्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढेर जाला।
तुला - तपाइकोलाई आज स्वास्थ्यप्रति
सजग रहनु पर्नेछ, कुनै कुराले मन निक्कै प्रसन्न हुनेछ। गरेका कामबाट राम्रै लाभ होला।
दैनिक कार्यमा प्रगति पनि होला।
वृश्चिक – तपाईको आज नयाँ ज्ञान सिक्ने मौका पाइएला एउटै कामबाट दोहोरो
लाभ हुनसक्छ। बन्धु बान्धवबाट सहयोग पाइएला। सामाजिक कार्यमा सफलता पनि मिल्नेछ।
धनु – तपाइको आज सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिए पनि लाभहानी, आयव्यय, सुखदुःख
बराबरी खालको समय रहेको छ। धार्मिक कार्यमा रुचि रहला।
मकर - मकर राशीका तपाइको आज पढाइमा
प्रगति हुनेछ शुभकार्यको चर्चा हुने तथा। आँटेको र ताकेको कार्य पुरा होलान। आदर्श
ब्यक्तिको सहकार्यले नयाँ अनुभव दिनेछ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज स्वास्थ्यप्रति सजग
रहनु पर्नेछ, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। शत्रु पराजित होलान र
वित्तिय संस्थाबाट सहयोग पनि पाइएला।
मिन –
तपाइको आज नजिकको
मित्रसँग भेटघाट हुने र प्रेमीको सहयोग पाइने तथा परिवारको साथ सहयोग मिल्नुका
साथै यात्राका योग पनि देखिएको छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता