Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस २६ गते बिहिबारको राशीफल

  •   ३ वर्ष अघि | २६ पुस २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल पुस २६ गते, पुस कृष्ण औँसी तिथी बिहिबार । सन २०२४ जनवारी ११ तारिक । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज आफन्तसँग भेटघाट होला, प्रेम र मित्रताको बन्धन कसिने तथा काम देखाएर अरूको मन लोभ्याउन सकिनेस  समय छ।

वृष – तपाइको आज नियमित खर्च बढ्ने छ भने शरीरमा स्फूर्ति र उमङ्गको कमी होला। सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुहोला ।

मिथुन - तपाईको आज दिनको उत्तरार्ध बढी सुखद् रहनेछ, शुभकार्यको चर्चा हुनुका साथै राजनैतिक र सामाजिक कार्यमा सफलता पाइनेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज अध्ययन तथा अध्यापनमा रुचि बढ्ने तथा नयाँ ज्ञान सिक्ने मौका पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग पाइएला।

सिंह – तपाईको आज बोलीको प्रभाव बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिएला। दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइएला।

कन्या – कन्या राशी हुनेहरुको लागी आज अभिभावकको आशीर्वादले काम बन्नेछ। तपाईंको सामान भने हराउन सक्ला। नाक तथा घाँटीमा समस्या आउने सम्भावना छ।

तुला - तपाइको आज श्रमको उचित मूल्याङ्कन होला, तर स्वास्थ्य प्रति सजग रहनुपर्नेछ। शुभकार्यको चर्चा हुनुका साथै आँटेको र ताकेको कार्य पुरा हुनेछ।

वृश्चिक – तपाईको आज आर्थिक क्षेत्रमा सामान्य सफलता पाइएला। आफूले गरेको सङ्घर्षबाट आफन्तले लाभ लिनेछन। कुनै कुराले अनुहारमा चमक छाउनेछ।

धनु – तपाइको आज प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुनुहोला। कार्य सम्पादनमा सहजता पाइनेछ।

मकर - मकर राशीका तपाइको बाहिरी खानपानमा ख्याल गर्नुहोला। मन खिन्न हुने स्थिति आउला। नजिकको व्यक्तिबाट धोका पाइनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज नयाँ कमको थालनी होला। धार्मिक कार्यमा मन पनि जानुका साथै सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ।

मिन – तपाइको आज महिला वर्गबाट विशेष सहयोग पाइनेछ। साथीको सहयोग र हौसला पनि मिल्ला। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप