शुभ बिहानी, आज २०८० साल भदौ २१ गते, भदौ कृष्ण अष्टमी तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज रोजगारको
अवसर पाइएला। महिला वर्गबाट विशेष सहयोग मिल्ला। वित्तिय संस्थाबाट सहयोग पाइनुका
साथै अरुलाई प्रभावित पारेर काम बन्ने योग छ।
वृष – तपाइको आज मङ्गल कार्य गरिने, चिताएको कामले तीव्रता लिने, व्यापार, व्यवसायबाट फाइदा लिन सकिने र महिला मित्रबाट विशेष
सहयोग मिल्ने समय छ।
मिथुन - तपाई आज व्यर्थको यात्रामा जान बाध्य हुनुपर्ला। मन खिन्न
हुने स्थिति आउला। नजिकको व्यक्तिबाट धोका पाइने र पेट सम्बन्धी समस्या आउनेछ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज बुद्धिको
उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन होलान। आयआर्जनका क्षेत्रमा सुधार आउला।
सफल यात्राको योग रहेको छ।
सिंह – तपाईको आज
अचल सम्पत्ति हात पर्न सक्ला। धार्मिक कार्यमा रुचि बढ्ने तथा वित्तिय संस्थाबाट
सहयोग पाइएला प्रेम र मित्रताको बन्धन कसिने समय रहेको छ।
कन्या - कन्या राशीका तपाईको आज शुभकार्यको चर्चा हुनेछ। नयाँ काम वा रोजगार
नपाइन सक्ला। सामाजिक कार्यमा सफलता मिल्ने र जोशजाँगर तथा हिम्मत पनि बढेर जाला।
तुला - तपाइको आज आफ्नो
क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। दाम्पत्य जीवन सुखमय होला। धनार्जनका नयाँ
स्रोतहरू पत्ता लाग्ने र मान प्रतिष्ठामा वृद्धि हुने देखिन्छ।
वृश्चिक – तपाईको आज मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति होला।
अरुलाई प्रभावित पारेर काम बन्ने र कला तथा गलाको प्रभाव बढ्ने तथा धन पनि हात
लाग्न सक्ने सम्भावना छ।
धनु – तपाइको आज लाभदायक यात्रा र वैदेशिक कार्य अघि बढ्ने तथा
धर्म, कर्म तथा समाजसेवामा मन जाने र उपकार गरेर अरुको मन
जित्न सकिने समय छ।
मकर - मकर राशीका तपाइको आज शुभकार्यको
चर्चा हुनेछ। आफन्तसँग भेटघाट होला। सफल यात्रा र उपहार पाइने सम्भावना रहेको छ।
मनमा शान्ति पनि पनि छउनसक्छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज स्वास्थ्यमा समस्या
आउँदा शरीर भारी र मन अस्थिर रहने छ। मनमा चञ्चलता बढ्नेछ, तर साँझमा शुभ समाचार सुन्न पाइएला।
मिन –
तपाइको आज विद्या
र बुद्धिको विकास होला। मङ्गल कार्य हुने, पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइने
र रोजगारको अवसर पनि मिल्ने योग छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता