शुभ बिहानी, आज २०८० साल पुस १९ गते, पुस कृष्ण अष्टमी तिथी बिहिबार । सन २०२४ जनवारी ४ तारिक । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि हुनेहरुको आज सामाजिक क्षेत्रको काम अघि बढ्नुका साथै उपकारमा मन जानसक्छ। रचनात्मक काममा जुट्ने समय रहेको छ। विपरीत वर्ग
प्रति आकर्षण बढ्न सक्छ।
वृष – तपाइको आज रोकिएको काम दोहोर्याएर
गर्दा फाइदा होला। सेवामूलक कार्यबाट
सफलता पाइनेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनसक्छ।
मिथुन - तपाईको आज रोकिएको काम
दोहोर्याएर गर्दा फाइदा होला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। घरायसी कामधन्दाका लागि
खट्नु पर्नेछ।
कर्कट - कर्कट राशी हुनेहरुको लागी आज सानो कुरामा चित्त दुख्ने बानीले प्रेम जीवनमा अप्ठ्यारो आउनसक्छ। आँटेको
काममा बिघ्नबाधा आउला।
सिंह – तपाईको आज उन्नति एवं प्रगतिको वातावरण बन्नेछ। घरपरिवार सँग रमाइलो तरिकाले समय बित्ला।
मेहनतीहरूका लागि दिन फलदायी हुनेछ।
कन्या – कन्या राशी
हुनेहरुको लागी आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता दिनेछ। मनपर्ने खानाको परिकार खान पाइएला। धर्मकर्म
तथा समाजसेवामा मन जानेछ।
तुला - तपाइको आज व्यापार व्यवसायमा नोक्सानी होला। शुभकार्यको चर्चा हुनेछ। एकपछि अर्को अवसर र
सफलताले मन प्रसन्न होला ।
वृश्चिक – तपाईको आज रोकिएका काम पुनः
सुरु होलान, व्यापार र व्यवसायको
सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव प्रदान गर्नेछ।
धनु – तपाइको आज आर्थिक कारोबारमा
सफलता पाइनेछ। साथीभाइबाट बढी फाइदा
लिने समय रहेको छ। नयाँ काम सुरु गर्ने समय र जोशजाँगर उमंग बढ्ने समय छ।
मकर - मकर राशीका तपाइको आज लाभदायक यात्रा हुनेछ। महिला वर्ग बाट विशेष सहयोग पाइएला। परिश्रम
गर्दा धनार्जन हुनसक्छ। राजनैतिक कार्यमा सफलता पाइनेछ।
कुम्भ - कुम्भ राशीका तपाइको आज नजिकका व्यक्तिबाट कार्यमा अवरोध हुने र मनमुटाव बढ्नाले मानसिक चिन्ता
पनि बढ्न सक्छ भने तनाव बढेको महसुस होला।
मिन – तपाइको आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै होला। विद्या र बुद्धिको विकास होला। पारिवारिक जमघटमा सहभागीको अवसर मिल्नेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता