Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक ८ गते बुधबारको राशीफल

  •   ३ वर्ष अघि | ८ कार्तिक २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल कार्तिक ८ गते, असोज शुक्ल एकादशी तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज दाम्पत्य जीवन सुखमय नै रहनेछ भने विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न होला। सवारी साधनको खरिद बिक्री हुने योग रहेको छ।

वृष – तपाइको आज बन्धु बान्धवबाट सहयोग पाइनेछ, वैदेशिक कार्य राम्रो हुनेछ, कुनै समाचारले मनमा शान्ति छाउला भने शुभकार्यको चर्चा पनि चल्न सक्छ।

मिथुन - तपाईको आज घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएको शुभ समाचार सुन्न पाइएला, माया प्रेममा सामीप्यता बढेर जानेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज कार्य सम्पादनमा सहजता नहुनाले र जिद्दीपनाले गर्दा काम बिग्रन सक्नेछ स्वास्थ्यप्रति सजग रहनु होला, खर्च नियन्त्रणभन्दा बाहिर जानसक्छ।

सिंह – तपाईको आज रमाइलो यात्रा होला, रोकिएको अधुरो कार्यले पूर्णता पाउने र लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास होला।

कन्या - कन्या राशीका तपाईको आज साथीबाट सहयोग पनि पाइएला, पारिवारिक सद्भाव बढेर जानेछ। विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नुका साथै धार्मिक यात्रा तय हुनेछ।

तुला - तपाइले आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुनाले इनाम र प्रतिष्ठा कमाउने बेला रहेको छ। परिवारमा सुख सन्तोष छाउला।

वृश्चिक – तपाईको आज दिनको उत्तरार्धमा बढी खर्च हुनसक्छ। खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु राम्रो होला। घरमा झैझमेलाको अवस्था आउनसक्नेछ।

धनु – तपाइको आज पठनपाठनमा प्रगति होला, अरुलाई प्रभावित पारेर काम बन्ने र चलाखीपूर्ण बोलीले काम बन्न सक्नेछ। आयआर्जनका क्षेत्रमा सुधार आउला।

मकर - मकर राशीका तपाइको आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछ, प्रतिष्ठा र पदोन्नतिको सम्भावना रहेको छ। गरिएका प्रयासमा सुनिश्चित सफलता प्राप्तिको योग रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज सुखसुविधा भोग गर्न पाइनाले मन प्रसन्न रहला, धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण होला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला।

मिन – तपाइको आज कडा मिहिनेत र लगनशीलताले मात्र गरिएको कामबाट लाभ मिल्नेछ भने कुनै कुराले सङ्कटको सामना गर्नुपर्ने अवस्था आउनसक्ला सजग रहनु होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप