Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज साउन २४ गते बुधबारको राशीफल।

  •   ३ वर्ष अघि | २४ साउन २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल साउन २४ गते, साउन कृष्ण नवमी तिथी बुधबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज बुद्धि र विवेकको प्रयोगबाट  आजको दिनलाई सकारात्मक बनाउने, वित्तिय संस्थाबाट सहयोग मिल्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्ने समय छ।

वृष  तपाईको आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त होला। प्रेममा बाधाका साथै मन कमजोर रहला तथा उपहार प्राप्त होला।

मिथुन - तपाईको आज काममा अपेक्षाकृत सफलता हात परइएला। आफन्त एवं इष्टमित्रसँग लामो समयपछि भेटघाट हुनेछ। काम गर्ने जोशजाँगर र उमङ्ग बढेर जाला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज चलाखीपूर्ण बोलीले र राजनैतिक कार्यमा सफलता मिल्ला। बन्धु बान्धवबाट सहयोग पाइएला भने आर्थिक लाभ पनि होला।

सिंह तपाईको आज शुभ चिन्तकहरूले पूर्ण समर्थन पाइएला। घरमा अतिथिको आगमन होला। स्वास्थ्य राम्रो रहला, खुसीका निम्ति केही खर्च हुनेछ।

कन्या - कन्या राशीका तपाईको आज शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला। आत्मबल बढाएर काम गरेमा सफल भइएला। व्यक्तिगत खुसीका लागि केही धन खर्च भने हुनेछ।

तुला - तपाइको आज व्यक्तिगत कार्यमा सफलता मिल्ला। विपरीत वर्ग प्रति आकर्षण बढ्ने र चिन्ता हटेर मन हलुका हुने तथा मनोरञ्जनमा सहभागि भइने समय छ।

वृश्चिक  तपाईको आज आँटेको र ताकेको कार्य पुरा हेन । टाढाका नातागोता वा परिवारजनसँग लामो समय पछि भेटघाट हुनेछ । समस्या सुल्झाउन पनि सकिएला।

धनु  तपाइको आज नयाँ कार्यको योजना बन्ने र धार्मिक यात्राको हुने, नजिकको व्यक्तिबाट आँटेको काम सफल हुने, तर केही धन खर्च पनि हुनसक्ने योग छ।

मकर - मकर राशीका तपाइको आज समग्रमा आजको समय मध्यम खालको रहला। आफ्नै कार्यबाट मन सन्तुष्ट नहोला, नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज लाभदायक र खुसीको यात्रा होला। कुनै कुराले मनमा शान्ति छउला। अतिथिका रूपमा सम्मान पाइएला। चिताएको कामले तीव्रता हासिल गर्नेछ।

मिन – तपाइको आज मनमा उत्साहका साथै बोली बिक्ने समय रहनुका साथै शुभकार्यको चर्चा पनि हुनेछ। नयाँ जिम्मेवारी पाइने र साझेदारी र सट्टापट्टामा विशेष लाभ हुने योग छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप