Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज २ गते मंगलबारको राशीफल।

  •   ३ वर्ष अघि | २ असोज २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल असोज २ गते, भदौ शुक्ल चतुर्थी तिथी मंगलबार । आज ऋषी पञ्चमी । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सक्नुहुनेछ। स्वादिष्ट भोजन पाइएला। एउटै कामबाट दोहोरो लाभ होला। पुँजी बजारमा पनि फाइदा हुने देखिन्छ।

वृष – तपाइको आज सरकारी निकायको भय होला। व्यवसायमा नोक्सानी हुनसक्छ। परिवारमा झैझमेलाको अवस्था आउने र साँझमा शुभ समाचार पाइएला।

मिथुन - तपाई आज अरुलाई प्रभावित पारेर काम बन्नेछ। मनोरञ्जनमा सहभागी भइनेछ। पारिवारिक सद्भाव बढ्ने र  व्यापारव्यवसायमा पर्याप्त लाभ मिल्नेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज बन्न लागेको काम बिग्रन सक्छ। प्रेममा बाधाका साथै मन कमजोर होला। दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गरिएला।

सिंह – तपाईको आज दाम, इनाम र प्रतिष्ठा कमाउने, न्यायिक कार्यमा सफलता मिल्ने, आफन्त सँग भेट घाट हुने र शुभकार्यको चर्चा पनि हुने समय छ।

कन्या - कन्या राशीका तपाईको आज प्रेमीको सहयोग प्राप्त होला। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। अचल सम्पत्ति हात पर्ने र आँटेको र ताकेको कार्य पुरा हुने योग छ।

तुला - तपाइको आज दाम, इनाम र प्रतिष्ठा कमाउने, शुभकार्यको चर्चा चल्ने, परिवारमा सुख सन्तोष छाउने, कला र गलाको प्रभाव पनि बढ्ने बेला छ।

वृश्चिक – तपाईको आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन रहेको छ। ठुलो कारोबारमा लगानी नगर्दा वेश होला। वैदेशिक कार्य चैं सम्पादन होला।

धनु – तपाइको आज नयाँ कार्यको थालनी होला। लगनशीलताले कामहरू अगाडि बढ्नलान। वित्तिय संस्थाबाट सहयोग पाइएला। पदोन्नतिको हुनसक्छ।

मकर - मकर राशीका तपाइको आज रोकिएको धन पाइन सक्ने, धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्ने र अतिथिको रूपमा सत्कार पनि पाइने समय छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज शुभ समाचार सुन्न पाइनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्ने र राज्यबाट मान सम्मान पाइने तथा सामाजिक क्षेत्रमा सफलता मिल्ने योग छ।

मिन – सुन्दर पहिरनले तपाइको आज व्यक्तित्वमा निखारता ल्याउला। आकस्मिक धन लाभ होला। जोशजाँगर र हिम्मत बढ्ने तथा प्रेम जीवन सुखमय रहनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप