शुभ बिहानी, आज २०८० साल कार्तिक २१ गते, कार्तिक कृष्ण दशमी तिथी मंगलबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज बुद्धिको
उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ, अधिकार प्राप्तिका लागि
गरिएको प्रतिस्पर्धामा विजयी भइएला।
वृष – तपाइको आज वैदेशिक कार्य सहजै अघि बढ्ला, जिद्दीपनाले गर्दा
काम बिग्रने डर रहेको छ। व्यवसायमा गरिएको लगानीमा मन्दी आउला।
मिथुन - तपाईको आज यात्राबाट सफलता मिल्ने देखिन्छ, धार्मिक कार्य र
सभासमारोहमा सरिक हुने सम्भावना रहेको छ। जटिल ठानिएको कामसमेत सम्पादन होलान।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज ।
शुभकार्यको चर्चा हुनेछ, कुनै कुराले मनमा शान्ति छाउने र पेसाव्यवसायका क्षेत्रमा
उन्नति प्रगतिको वातावरण बन्न सक्छ।
सिंह – तपाईको आज
स्वास्थ्य सबल नै रहला, रमाइलो यात्राको सम्भावना रहेको छ। त्यसबाट दीर्घकालिक
फाइदा होला। रोकिएका अधुरा कामहरू पुरा हुनसक्छन।
कन्या - कन्या राशीका तपाईको आज विवेकले काम नगर्नाले खानपिनमा सचेत रहनु पर्नेछ,
आफन्तसँग मनमुटाव बढ्ने र आफूलाई कमजोर भएको अनुभूति होला।
तुला - तपाइको आज सहयोगीको
साथले फाइदा हुने काम गरिएला, हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत होला। सम्पत्ति
लाभ गर्न अनुकूल प्रयास हुनेछन।
वृश्चिक – तपाईको आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान तथा परिश्रमअनुसार
उपलब्धि पनि राम्रै होला। चिताएको कामले तीव्रता लिन सक्छ।
धनु – तपाइको आज कसैकसैका लागि सन्तान प्राप्तिको योग रहेको छ आफूलाई
मन लागेको कुरा खरिद गर्न सकिएला। आफन्तले कुनै माध्यमबाट सहयोग गर्न सक्छन ।
मकर - मकर राशीका तपाइको आज व्यापार
व्यवसाय वा अन्य लगानीबाट नाफा कमाउन निकै नै समय खर्चनु पर्ला, दैनिक काम बिचमै
रोक्नु पर्दा आर्थिक भार पर्न सक्नेछ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज इष्टमित्रहरूसँग
भेटघाट होला, शुभकार्यको चर्चा हुनेछ।
रोकिएका काम पुनः सुरु हुन सक्नेछन। धार्मिक यात्रा गर्ने अवसर प्राप्त होला।
मिन –
तपाइको आज ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न
सक्ला, लाभदायी यात्रा गर्ने अवसर प्राप्त होला। परिवारजनको साथले नयाँ आशा दिनेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता