शुभ बिहानी, आज २०८० साल जेठ २ गते, जेठ कृष्ण द्वादशी तिथी मंगलबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज स्वास्थ्यमा आउन सक्छ। मानसिक चिन्ता र आफूलाई
कमजोर भएको अनुभूति होला,
तर पारिवारिक सहयोग भने मिल्ने योग छ।
वृष - तपाईले
आज अधिकार प्राप्तिका लागि गरेको प्रतिस्पर्धामा
विजयी भइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ।
मिथुन - तपाईको
आज लाभदायक यात्राको सम्भावनालाई रहेको छ। एकपछि
अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ। नोकरी गर्नेले मानसम्मान पाउने समय छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी
आज शुभकार्यको चर्चा हुनेछ। रोकिएका काम पुनः
सुरु हुने र धार्मिक यात्रा गर्ने अवसर प्राप्त होला, परिवारका सदस्यहरूसित भेटघाट
हुनसक्छ।
सिंह – तपाईको आज कष्टकर
र अनावश्यक यात्रा हुने र स्वास्थ्यमा सजग रहनु नै उचित हुने समय छ। पुँजी बजार र
शेयर बजारले पनि साथ नदिन सक्छ।
कन्या - कन्या राशीका तपाइँको आज धर्मसंस्कृति सभासमारोहमा सरिक हुने सम्भावना रहेको
छ। जटिल ठानिएको काम सम्पादन हुने र प्रतिस्पर्धामा सफलता मिल्ने योग छ।
तुला - आज तपाइको कुनै
कुराले मनमा शान्ति छाउने, बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको
वातावरण बन्ने र शुभकार्यको चर्चा पनि हुने समय छ।
वृश्चिक – तपाईको आज रमाइलो यात्राको सम्भावना रहेको छ, यात्रावाट दीर्घकालिक
फाइदा समेत पुग्नेछ। अधुरा कामहरू पुरा हुने र शेयर बजारको लगानी पनि राम्रो हुने
देखिन्छ।
धनु – तपाइले
आज सामान हराउने वा चोरी हुने सम्भावना रहेको छ।
शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला र दैनिक काममा अवरोधको आउला।
मकर - मकर राशीका तपाईको आज
रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला। परिवारजनको साथले नयाँ आशा पलाउने देखिन्छ।
ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्ने छ।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी आजको दिन हर्ष र
प्रसन्नताका बीचमा समय व्यतीत होला। सम्पत्ति लाभ गर्न अनुकूल प्रयास गर्नुहोला।
सहयोगीको सङ्गतले फाइदा हुने काम गरिएला।
मिन -
तपाईको आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै
हुनेछ। चिताएको कामले तीव्रता पाउनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान पनि
मिल्ने समय छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता