Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज ९ गते मंगलबारको राशीफल।

  •   ३ वर्ष अघि | ९ असोज २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल असोज ९ गते, भदौ शुक्ल द्वादशी तिथी मंगलबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज दाम, इनाम र प्रतिष्ठा पनि कमाउने र शुभकार्यको चर्चा चल्ने बेला रहेको छ। परिवारमा सुख सन्तोष छाउने र कला गलाको प्रभाव पनि बढेर जानेछ।

वृष – तपाइको आज पदोन्नतिको सम्भावना प्रबल छ रहनुका साथै नयाँ कार्यको थालनी भने हुनेछ। लगनशीलताले कामहरू अगाडि बढलान र वित्तिय संस्थाबाट सहयोग पाइएला।

मिथुन - तपाईको आज प्रेममा बाधा आउन सक्नाले लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन रहेने छ त्यसैले ठुलो कारोबारमा लगानी नगर्दा राम्रो होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज अतिथिको रूपमा सत्कार पनि पाइएला, धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा सजिलै मन जानेछ भने रोकिएको धन हात लाग्न सक्ला।

सिंह – तपाईको आज शुभकार्यको चर्चा हुनेछ भने प्रेमीको सहयोग पनि प्राप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने र न्यायिक कार्यमा सफलता मिल्ने समय छ।

कन्या - कन्या राशीका तपाईको आज लगानी र व्यवसायमा पर्याप्त लाभ प्राप्त होला, अरुलाई प्रभावित पारेर काम बन्ने र मनोरञ्जनमा सहभागी भइने तथा पारिवारिक सद्भाव बढेर जानेछ।

तुला - तपाइको आज घर परिवारमा झैझमेलाको अवस्था सृजना हुन सक्नाले सरकारी निकायको भय रहला। व्यवसायमा नोक्सानी र  अविश्वास उत्पन्न होला।

वृश्चिक – तपाईको आज सामाजिक क्षेत्रमा सफलता मिल्नाले राज्यबाट मान सम्मान पाइएला, वैदेशिक क्षेत्रको काम अघि बढ्नुका साथै शुभ समाचार सुन्न पाइने छ।

धनु – तपाइको आज आज आत्मविश्वास र पराक्रममा वृद्धि हुने, अचल सम्पत्ति हात पर्ने, शेयर बजार, कलकारखाना र बन्दव्यापारमा फाइदा हुने योग रहेको छ।

मकर - मकर राशीका तपाइको आज एउटै कामबाट दोहोरो लाभ मिल्ने र आफन्तहरुसँग भेट घाट पनि हुने तथा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने र स्वादिष्ट भोजन पाइने समय छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला, बन्न लागेको काम बिग्रन सक्ला। सामान हराउने वा चोरी हुने रही रहनेछ।

मिन – तपाइको आज दाम्पत्य जीवन सुखमय होला, जोशजाँगर र हिम्मत बढेर जानेछ। आकस्मिक धन लाभ हुनुका साथै सुन्दर पहिरनले व्यक्तित्वमा निखारता थप्नेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप