Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज २९ गते सोमबारको राशीफल

  •   ३ वर्ष अघि | २९ असोज २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल असोज २९ गते, असोज शुक्ल द्वितिया तिथी सोमबार । आज विश्व खाध्य दिवस । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज यात्राबाट टाढै रहनु राम्रो हुनेछ, सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन भने मित्र वा आफन्तको सहयोग पाइएला।

वृष – तपाइको आज साँझपख शुभ समाचार सुन्न र बन्धु बान्धवबाट विशेष सहयोग पाइएला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ।

मिथुन - तपाईको आज शुभकार्यको चर्चा चल्ने र योजना बन्ने तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जाला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज पारिवारिक जमघट र सद्भाव बढ्नेछ। मनमा निराशा र शरीरमा आलस्य आउन सक्छ। प्रेमी प्रेमिकाका बिच खिन्नता बढेर जाला।

सिंह – तपाईको आज शुभकार्यको चर्चा पनि हुनुका साथै शुभ कार्यमा सरिक भइएला। महिला वा मित्रबाट साथ, सहानुभूति र विशेष सहयोग पाइएला।

कन्या - कन्या राशीका तपाईको आज धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु भइएला यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानी होला। मानसम्मान प्राप्त हुने सम्भावना रहेको छ।

तुला - तपाइलाई आज न्यायिक कार्यमा सफलता हात पर्नेछ। सामाजिक र राजनैतिक क्षेत्रमा सफलता पाइएला।

वृश्चिक – तपाईको आज प्रेमप्रसङ्गमा नरमाइलोपन आउन सक्ला, भाग्यले साथ दिए पनि मनमा शंका तथा डरका कारण काममा दुबिधा उत्पन्न हुने समय छ।

धनु – तपाइको आज लगनशीलताले कामहरू अगाडि बढलान, नयाँनयाँ ज्ञान सिक्ने मौका पाइएला। धर्मकर्म तथा समाजसेवामा मन जानेछ।

मकर - मकर राशीका तपाइको आज प्रविधि मार्फत काम अघि बढ्ला, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय छ भने कूटनीतिक नियोगको सहयोग पाइएला।

कुम्भ - कुम्भ राशीका तपाइको आज विपरीत वर्ग प्रति आकर्षण बढ्नाले कला र गलाको प्रभाव बढेर जानेछ। सामाजिक र राजनैतिक क्षेत्रमा विभिन्न अवसर आउला।

मिन – तपाइको आज मुद्दा मामिला पनि आउन सक्छ भने जिद्दीपनाले गर्दा काम बिग्रने भय रहला। प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्ने र सौन्दर्यतामा धन खर्च हुने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप