Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज २३ गते मंगलबारको राशीफल

  •   ३ वर्ष अघि | २३ असोज २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल असोज २३ गते, असोज कृष्ण एकादशी तिथी मंगलबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो होला, कामधन्दाबाट दीर्घकालिक फाइदा हुनेछ

वृष – तपाइको आज आत्मविश्वास जाग्नाले कार्य सम्पादनमा सहजता हुनेछ। रोकिएका काम सम्पादन हुने र टाढा रहेका साथीभाइहरूसँग भेटघाट हुने योग छ।

मिथुन - तपाई आज सेयरबजारबाट राम्रै लाभ मिल्ने र जोशजाँगर तथा उमङ्ग बढ्ला। नयाँ र शुभकार्यको चर्चा हुनेछ। विज्ञानको ज्ञानमा वृद्धि होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज यात्रामा सावधानी अपनाउँदै अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्ला ।

सिंह – तपाईको आज सामाजिक कार्यबाट सफलता मिल्नेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् । हुनेछ ।

कन्या - कन्या राशीका तपाईको आज बोलीको प्रभाव बढ्ने र नयाँ कमको थालनी हुनेछ। सामाजिक कार्यमा सफलता पाइएला। वैदेशिक क्षेत्रको काम अघि बढ्ने र सहयोगीहरूको राम्रो साथ प्राप्त होला।

तुला - तपाइलाई आज ढिलै भएपनि अधुरा काम सम्पन्न होलान, रमणीय र सुखद् यात्राको होला। राज्यबाट मान सम्मान पाइने र दाम्पत्य जीवनमा मधुरता छाउने समय छ।

वृश्चिक – तपाईको आज आफ्नो कमजोरीको फाइदा अरूले उठाउनाले मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ।

धनु – तपाइको आज स्वास्थ्य प्रति सजगता अपनाउनु पर्ला, प्रतिष्ठा र पुरस्कार प्राप्त होलान। परोपकारका क्षेत्रमा लगानीको र स्वादिष्ट भोजन पनि पाइने समय छ।

मकर - मकर राशीका तपाइको आज विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिएला, धार्मिक कार्य सफल होला। आर्थिक क्षेत्रमा राम्रो सफलता पाइएला।

कुम्भ - कुम्भ राशीका तपाइको आज व्यापारबाट लाभ मिल्ला, ठीक समयमा सही निर्णय लिन सकिए आँटेको र ताकेको कार्य पुरा होलान। अध्ययन अध्यापनमा सफलता पाइएला।

मिन – तपाइको आज साँझमा नयाँ कामका विभिन्न अवसर फेला पर्लान, तर्क, विवाद र प्रतिस्पर्धाबाट पनि लाभ होला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहोला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप