Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज १७ गते बुधबारको राशीफल

  •   ३ वर्ष अघि | १७ असोज २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल असोज १७ गते, असोज कृष्ण षष्ठी तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज मुद्दा मामिलामा सफलता मिल्ने  र भाग्यले विभिन्न अवसर दिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ हुनेछ।

वृष – तपाइको आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन रहेको छ। भोजभातेर सभासमारोह, धार्मिक, सांस्कृतिक कार्यमा सरिक हुने अवसर जुट्नेछ।

मिथुन - तपाई आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न सकिदैन, समय प्रतिकुल भई कुलतमा मन जानसक्छ। घर परिवारमा झैझमेलाको अवस्था सृजना होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज वस्त्र पनि लाभ हुने र मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्ने दिन रहेको छ। वैदेशिक क्षेत्रको काम अघि बढ्नाले मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।

सिंह – तपाईको आज न्यायिक कार्यमा सफलता मिल्ने र शुभकार्यको चर्चा हुनेछ। महिला वर्गबाट विशेष सहयोग प्राप्त होला। आर्थिक क्षेत्र मजबुत रहेको छ।

कन्या - कन्या राशीका तपाईको आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ हुनाले धन हात पर्न सक्छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्ला। भौतिक साधन जुटाउने समय रहेको छ।

तुला - तपाइको आज दिनको उत्तरार्धमा बढी धन खर्च हुनसक्ने हुनाले गरेका काममा ढिलासुस्ती हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु आवश्यक हुनेछ।

वृश्चिक – तपाईको आज राजनैतिक क्षेत्रमा सफलता मिल्नाले विद्या र बुद्धिको विकास होला। सजिलै अरुको विश्वास जित्न सकिएला। आकस्मिक धन पनि लाभ हुने देखिन्छ।

धनु – तपाइको आज वाहन सुख पनि मिल्ने र धर्मकर्म तथा समाजसेवामा मन जानेछ। राज्यबाट मानसम्मान पाइएला। छोटो दुरीको लाभदायक यात्रा हुनसक्छ।

मकर - मकर राशीका तपाइको आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर आउनाले मनमा शान्ति छाउनेछ। आँटेको र ताकेको कार्य पुरा होलान।

कुम्भ - कुम्भ राशीका तपाइको आज चोटपटक पनि लाग्न सक्ने हुनाले स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च होला। अरुको भलाइका लागि दौडधुप गर्नु पर्ने हुनसक्छ। घरायसी विवाद बढ्ला।

मिन – तपाइको आज सुन्दर पहिरनले व्यक्तित्वमै निखारता ल्याउनाले मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय  छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप